काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको छ ।
सोमबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ हजार ७ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १० ग्रामको भने मंगलबार १ लाख २२ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ ।
अघिल्लो १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार रु १० बढेर तोलामा १ हजार ८ सय ६० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया