२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

टी–२० विश्वकप

युगान्डाविरुद्ध अफगानिस्तानले दियो १ सय ८४ रनको लक्ष्य


२२ जेष्ठ २०८१, मंगलबार  

42
Shares

एजेन्सी । अमेरिकार वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकप अन्तरगत मंगलबार बिहान भएको खेलमा अफगानिस्तानले युगान्डालाई १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको ।

गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षति १ सय ८३ रन बनाएको हो । टोलीका लागि ओपनरद्वय रहमनुल्लाह गुरुबाज र इब्राहिम जादरानले शतकीय साझेदारी गरे । दुवैले पहिलो विकेटका लागि १ सय ५४ रन बनाए । गुरबाजले ४५ बलमा ७६ रन बनाए । उनले ४ चौका र ४ छक्का हिर्काए । जादरानले ४६ बलमा ७० रन जोडे । उनले ९ चौका र १ छक्का प्रहार गरे ।

त्यसपछि भने युगान्डाका बलरले कमब्याक गर्दै अफगानिस्तानलाई अझै ठुलो योगफल बनाउनबाट रोकेको थियो । दुवै ओपनरलाई गुमाएपछि अफगानिस्तानका अन्य ब्याटरले खासै ठुलो योगादन दिनसकेनन् ।

मोहम्मद नाबीले १६ बलमा १४ रन जोडे ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ८ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ