१ कार्तिक २०८३, आइतबार । October 18, 2026

टी–२० विश्वकप

समूह बी अन्तरगतको पहिलो खेलमा नामिबिया र ओमान बराबर


२१ जेष्ठ २०८१, सोमबार  

6
Shares

एजेन्सी । टी–२० विश्वकपमा समूह बी अन्तरगतको पहिलो खेलमा नामिबिया र ओमानबिचको खेल निर्धारित २० ओभरमा रोमाञ्चक बराबरी भएको छ ।

१ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो । अब खेलको निर्धारण सुपर ओभरबाट हुनेछ ।नामिबियाका लागि जान फ्राइलिंकले सर्वाधिक ४५ रन बनाए । उनले ४८ बलमा ६ चौका प्रहार गरे । त्यस्तै, निकोलास डाभिनले ३१ बलमा २४ रन जोडे । खेलमा नामिबियाले खराब सुरुवात गरेको थियो । दोस्रो बलमा नै ओपनर माइकल भान लिनगेन शून्य रनमा आउट भए ।

ओमानका लागि मेहरन खानले ३ विकेट लिए भने बिलाल खान, अकिब इलियास र आयान खानले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९।४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । खेलमा ओमानले निकै खराब सुरुवात गरेको थियो ।

पहिलो दुई बलमा दुई विकेट गुमाएको ओमानले १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । रुबेन ट्रम्पलम्यानको घातक बलिङसामु ओमान निरीह देखिएको थियो । १ विकेट हात पारे ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ९ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि