२९ चैत्र २०८२, आइतबार । April 12, 2026

टी–२० विश्वकप

समूह बी अन्तरगतको पहिलो खेलमा नामिबिया र ओमान बराबर


२१ जेष्ठ २०८१, सोमबार  

6
Shares

एजेन्सी । टी–२० विश्वकपमा समूह बी अन्तरगतको पहिलो खेलमा नामिबिया र ओमानबिचको खेल निर्धारित २० ओभरमा रोमाञ्चक बराबरी भएको छ ।

१ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो । अब खेलको निर्धारण सुपर ओभरबाट हुनेछ ।नामिबियाका लागि जान फ्राइलिंकले सर्वाधिक ४५ रन बनाए । उनले ४८ बलमा ६ चौका प्रहार गरे । त्यस्तै, निकोलास डाभिनले ३१ बलमा २४ रन जोडे । खेलमा नामिबियाले खराब सुरुवात गरेको थियो । दोस्रो बलमा नै ओपनर माइकल भान लिनगेन शून्य रनमा आउट भए ।

ओमानका लागि मेहरन खानले ३ विकेट लिए भने बिलाल खान, अकिब इलियास र आयान खानले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९।४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । खेलमा ओमानले निकै खराब सुरुवात गरेको थियो ।

पहिलो दुई बलमा दुई विकेट गुमाएको ओमानले १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । रुबेन ट्रम्पलम्यानको घातक बलिङसामु ओमान निरीह देखिएको थियो । १ विकेट हात पारे ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ९ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व