२९ चैत्र २०८२, आइतबार । April 12, 2026

चितवनमा जिप दुर्घटना, ६ भारतीय पर्यटक घाइते


२० जेष्ठ २०८१, आइतबार  

6
Shares

चितवन । चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् ।

कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जिप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबै भारतको महाराष्ट्र प्रान्तको मुम्बईको बेण्डाली थानाका रहेका प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ५२ वर्षीया सुस्मिता सुदेश खाडिया, ७४ वर्षीया रेखारामचन्द्र जादव, ६० वर्षीय सुदेशशङ्कर खाडिया, ६४ वर्षीय विजय मोरे, ५८ वर्षीया वैशाली गुप्तेश्वर तथा ६२ वर्षीय पङ्कज गुप्तेश्वर रहेका छन् । घाइते पर्यटकको रत्ननगर र भरतपुरका अस्पतालमा पचार भइरहेको छ ।

चितवनको रत्ननगर नगरपालिका–४ घर भएका चालक ४५ वर्षीय सन्तकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  २ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व