२९ चैत्र २०८२, आइतबार । April 12, 2026

मौसम पूर्वानुमानः पहाडी भू–भागमा आंशिक बदली


१९ जेष्ठ २०८१, शनिबार  

9
Shares

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ ।

हाल कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्या्ङ्ग हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार कोशी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।

आज राति कोशी, मधेश, वाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ९ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व