धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको तापक्रम ४४ दशमलव १ डिग्री नाघेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार आज दिउँसो पौने ३ बजे अधिकतम तापक्रम ४४.१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ३०.२ डिग्री सेल्सियस मापन गरिएको हो। बुधबार यहाँको अधिकतम तापक्रम ४३.३ डिग्री सेल्सियस पुगेको थियो। १६ जुन, सन् १९९५ मा कैलालीमा सबैभन्दा बढी अधिकतम तापक्रम ४६.४ डिग्री मापन भएको हो । गर्मी अत्यधिक बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ।
केही दिनयता तातो हावा चल्न थालेको छ। गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले यही २४ जेठसम्म नगरका सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
यसबाहेक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई–मधेश क्षेत्र गर्मीको चपेटामा परेको छ ।
प्रतिक्रिया