८ पुस २०८२, मंगलबार । December 24, 2025

जेठ १६ गते बुधबार दिनभर के–के भयो ?

गण्डकीको नयाँ मुख्यमन्त्रीमा पाण्डे ! संविधानको पुनरावलोकन जरुरी ! नयाँ बजेटको चिरफार ! नयाँ कर नीतिले फलाम उद्योग धरापमा …



गण्डकीको नयाँ मुख्यमन्त्रीमा पाण्डे
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सर्वोच्चको सोही फैसाला अनुसार नै प्रदेश प्रमुख भट्टले मुख्यमन्त्री पाण्डेको शपथ गराएका हुन् । मुख्यमन्त्री पाण्डेसँगै लमजुङका प्रदेशसभा सदस्य डा.टकराज गुरुङ र पोखराका विन्दुकुमार थापाले पनि मन्त्रीको शपथ लिएका छन् । मुख्यमन्त्री पाण्डेले गुरुङलाई अर्थ मन्त्रालय र थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

संविधानको पुनरावलोकन जरुरी
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको पुनरावलोकन गरेर जानुपर्ने मत राखेका छन् । बुधबार काठमाडौंमा आयोजित ‘गणतन्त्रका १६ वर्ष, नागरिकको अनुभूति, सुशासनको प्रत्याभूति’ विषयमा कार्यक्रममा उनले संविधान पुनरावलोकनको आवश्यकता औँल्याएका हुन् । आगामी निर्वाचनमा पुग्नुभन्दा अगाडी संविधानमा के–के सुधारको आवश्यक्ता छ ? अध्ययन र समीक्षा गरेर संविधानको पुनरावलोकनका लागि तयार हुनुपर्ने उनको भनाई छ । साथै उनले गणतन्त्रको १६ बर्षे अवधिको पनि मूल्याङ्कन गर्नुपर्ने बताएका छन् ।

नेपालको उपलब्धिबाट विश्वले सिक्नुपर्छः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको उपलब्धिबाट अन्य देशले सिक्नुपर्ने बताएका छन् । महिला भेलालाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै उनले छोटो अवधिमा नेपालमा धेरै उपलब्धि भएको बताएका हुन् । व्यवस्था परिवर्तन भए पनि अवस्था उस्तै रहेको भनेर गलत शब्दावली प्रयोग भइरहेकोमा उनले असन्तुष्टि पोखे । उनले महिलाको प्रतिनिधित्वलाई संविधानमै ३३ प्रतिशत कायम राखिएको बताए । समानताको हकमा नेपालभन्दा विश्वका अन्य मुलुक धेरै पछि रहेको ओलीले जिकिर थियो ।

समाजमा अझै सामन्ती अवशेष र पितृसत्ता हाबी छः अष्टलक्ष्मी शाक्य
नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि महिलाहरूलाई जिम्मेवारी, अधिकार र नेतृत्व दिने सवाल ओझेलमा परेको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले समाजमा अझै सामन्ती अवशेष र पितृसत्ता हाबी भएकाले महिलाका सवालहरू ओझेलमा परेको बताएकी हुन् । उपाध्यक्ष शाक्यले समानुपातिक कोटा महिलाका लागि भएकाले प्रत्यक्षमा टिकट दिन सकिँदैन भन्ने सामन्ती र पितृसत्तात्मक चिन्तनका कारण महिलाहरू जनताका बिचमा नेतृत्वको पहिचान बनाउन चुनौती देखा परेको पनि बताइन् ।

बजेट कार्यान्वयन पछि आर्थिक सुधारले गति लिन्छ !
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् । सिन्धुपाल्चोकको चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्वा र रोजगारी प्रवद्र्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताए । उनले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याइपुर्‍याउने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्वका कार्यक्रम अघि सारिएको पनि बताए ।

नयाँ बजेटले आशा जगाएको छः अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आशा जगाउने खालको आएको बताएका छन् । बुधबार पोस्ट बजेट अन्तक्र्रियामा अर्थमन्त्री पुनले वर्तमान आर्थिक शिथिलताको अवस्थामा आशा जगाउने खालको बजेट आएको बताएका हुन् । चालु आवको प्रक्षेपण नमिलेको अवस्थामा बजेटलाई वस्तुपरक बनाउने प्रयास यसपटक भएको उनले बताए । बजेटले आम जनतामा आशा जगाउने प्रयास गरिएको भन्दै उनले युवामा देशभित्र अवसर खोज्ने प्रयास गरिएको पनि बताएका छन् । अर्थमन्त्री पुनले निजी क्षेत्र साथमा लिएर मनोबल बढाउने कोसिस गरिएको समेत बताए ।

नयाँ कर नीतिले फलाम उद्योग धरापमा !
आगामी आर्थिक वर्षको बजेटले ३६ अर्ब लगानी भएका मेल्टिङ उद्योगलाई धरासयी बनाउने फलामे छड उत्पादक संघले चेतावनी दिएको छ । हाल उत्पादनको माग घटेर घाटामा सञ्चालन भइरहेका मेल्टिङ उद्योगलाई स्पन्ज आइरनमा भन्सार महसुल १ प्रतिशतबाट बढाएर २ दशमलव ५ प्रतिशत बनाउने सरकारको नीतिले थप समस्या पार्ने संघले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटले मेल्टिङ उद्योगलाई प्रवद्र्धन गर्ने नीति लिनुअघि नेपालमा ६ वटा उद्योग सञ्चलन रहेकोमा सरकारको सो बजेटपछि थप १२ उद्योग खुलेको संघले जनाएको छ ।

१३ लाख नक्कली नोटसहित ४ जना पक्राउ
बारा प्रहरीले ठूलो परिमाणमा नक्कली नेपाली नोट बनाउने गिरोहका चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने एक भारतीयसहित चारजना छन् । बाराको सिम्रौनगढ नगरपालिका–९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा सोमबार पक्राउ गरेको उनीहरूलाई बुधबार सार्वजनिक गरेको जिल्ल प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका –६ का २५ वर्षीय राजन चौधरी, वडा–५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका–१ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्यका ४० वर्षीय मोहमद आलम रहेका छन् । उनीहरुको साथबाट प्रहरीले १३ लाख १६ हजार नक्कली नेपाली नोट बरामद गरेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले