८ पुस २०८२, मंगलबार । December 23, 2025

जेठ ११ गते शुक्रबार दिनभर के–के भयो ?

केन्द्र सरकारलाई बालेनको धम्की ! जीबी राईको राहदानी रद्द गर्न नमिल्ने ! संसद्को गतिरोध अन्त्यको प्रयास ! संघीयतामाथि प्रश्न ! अतिक्रमित संरचनामा बालेनको डोजर…



जीबी राईको राहदानी रद्द गर्न नमिल्ने
सहकारीको रकम अपचलन गरेर फरार भएको गितेन्द्रबाबु राई (जीबी) को राहदानी रद्द नहुने भएको छ । सूर्यदर्शन सहकारीको ठगीमा मुद्दा चलेर फरार रहेका १४ जनामध्ये जीबीविरुद्ध रेड नोटिस जारी भएको छ । तर उनी अहिलेसम्म पक्राउ परेका छैनन् । पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय कास्कीले ३० वैशाखमा राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्र पठाएको थियो । तर, अदालतबाट लेखिआएको अवस्थामा बाहेक राहदानी रद्द गर्न नमिल्ने विभागको निष्कर्ष छ ।

संसद्को गतिरोध चाँडै अन्त्य हुने रास्वपाको विश्वास
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संघीय संसदको गतिरोध चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् । शुक्रबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आगामी आइतबार बिहान ११ बजे बस्दैछ । संसद सचिवालयका अनुसार शुक्रबारका लागि तय भएको नीति तथा कार्यक्रममाथि छलफल र पारित गर्ने कार्यसूची आइतबारका लागि सरेको छ ।

बजेट सदनबाटै आउनेमा सत्तापक्ष विश्वस्त
सरकारको नेतृत्वको कर्ता दल नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले आगामी आर्थिक बर्षको बजेट संसद्बाटै आउने बताएका छन् । सरकारको ध्यान अध्यादेशमार्फत बजेट ल्याउनेतिर नरहेको उनको भनाई छ । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको र नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याइने उनको भनाई थियो ।

सभामुखको भुमिकामाथि कांग्रेसको प्रश्न
नेपाली कंग्रेसका सांसद प्रदीप पौडेलले संसदमा बोल्न नपाएको गुनासो गरेका छन् । शुक्रबारको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले बोल्न माग गर्दासभामुख देवराज घिमिरेले नदिएको बताए । विगतमा सभा सुरु हुनु अगाडि प्रतिपक्षको सांसदले बोल्न पाएको तर, पछिल्लो समय सभामुखले विगतको अभ्यास उल्लघंन गरेको उनको भनाइ छ । सरकारबाट संसदमा समस्या सिर्जना गर्ने काम भएको पनि उनको आरोप छ ।

विश्वप्रकाशको व्यङ्ग्यः सत्ता गठबन्धन कि सहकारीबन्धु गठबन्धन
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनलाई सहकारीबन्धु गठबन्धनको संज्ञा दिएका छन् । सहकारी प्रकरणमा एमालेले साथ दिने, गिरीबन्धु प्रकरणमा रास्वपाले साथ दिएकाले यो सहकारीबन्धु गठबन्धन भएको उनको भनाई छ । गृहमन्त्री रवि लामिछानेले संसद्‌मा बोल्दा कांग्रेस नेताहरूमाथि आरोप लगाएको भन्दै उनले सबैमाथि छानबिन गर्न तयार रहेको पनि बताए । २०४६ साल पछाडि सरकारमा गएकाहरूमाथि छानबिन गर्न माग गर्दै कांग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरूले संसद्‌मै प्रस्ताव दर्ता गरेको उनले स्मरण समेत गरेका छन् ।

संघीयता पूर्ण रुपमा फेल भयो
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आर्थिक र राष्ट्रिय एकतको दृष्टिकोणले समेत नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताएका छन् । शुक्रबारबाट सुरू भएको पार्टीको कार्यसमितिको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकले तीन तहको राज्य संरचना र धेरै संख्याको जनप्रतिनिधिहरुलाई तलब भत्ता ख्वाएर पाल्न नसक्ने बताए । उनले मुलुकको दीर्घकालीन हितका लागि सबै दलहरुका बीच राष्ट्रिय सहमति बनाएर प्रदेशको व्यवस्था खारेज गर्दै मुलुकमा नविन समझदारी कायम हुन आवश्यक रहेको पनि बताएका छन् ।

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिन मागेको थियो भने सिरोहियाका तर्फबाट कानुन व्यवसायीहरुले गैरकानुनी धरपकड गरेको र विवाद थुनामा राखिराख्न नपर्ने खालको भएको भन्दै रिहा गर्न माग गरेका थिए । पक्ष विपक्षको बहस सुनेपछि न्यायाधीशले आइतबारसम्मका लागि म्याद थप गरिएको छ ।

विमानस्थलबाट अवैद्य सुन बरामद
सुनको लेपन लगाइएको कपडासहित त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय नविन हरिशलाल गोक्लानी छन् । उनलाई विमानस्थल प्रहरीले बिहीबार दिउँसो २ बजेतिर पक्राउ गरेको हो । दुबईबाट काठमाडौं आएका गोक्लानीलाई आगवमटन गेट नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।

केन्द्र सरकारलाई मेयर बालेनको धम्की
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संघीय सरकारले बजेट कार्यान्वयन नगरेकोप्रति आक्रोश पोखेका छन् । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सुर्तीजन्य पदार्थलाई १ वैशाखदेखि प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने ‘डिग्रेडेबल’ जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने भनेकोमा कार्यान्वयन नगरेपछि संघीय सरकारप्रति आक्रोशित भएका हुन् । मेयर बालेनले शुक्रबार सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन् ‘बाँदरहरूले आफ्नो घर पनि बनाउँदैनन् र अरूले बनाएको घर पनि भत्काउँछन्’ भन्ने उदाहरण दिँदै संघीय सरकारले नगरेको काम महानगरले गर्न खोज्दा अवरोध भएको आरोप लगाएका छन् ।

अतिक्रमित संरचनामा बालेनको डोजर
काठमाडौं महानगरपालिकाले बागमती नदी करिडोरमा अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचना भत्काएको छ । ३२ नम्बर वडाको तीनकुनेदेखि च्यासल तर्फ जाने करिडोरमा सार्वजनिक जग्गा र सडक अतिक्रमण गरेर निर्माण गरिएको संरचना महानगरले डोजर चलाएर भत्काएको हो । काठमाडौं महानगरपालिकाले अतिक्रमण गरि निर्माण गरेको भौतिक संरचनाहरु भत्काउँदै आइरहेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले