२८ चैत्र २०८२, शनिबार । April 12, 2026

मौसम पूर्वानुमानः देशभर आंशिकदेखि साधरणतया बदली रहने


११ जेष्ठ २०८१, शुक्रबार  

12
Shares

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि साधरणतया बदली रहने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधरणतया मौसम बदली रहने विभागले जनाएको छ ।

आज पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भू–भागका एक दुई स्थानमा चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका एक दुई स्थानमा चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व