८ पुस २०८२, मंगलबार । December 23, 2025

जेठ १ गते मंगलबार दिनभर के–के भयो ?

सन्दीपको मुद्दामा आएन फैसला ! नीति तथा कार्यक्रममा सरकारको मुख्य प्राथमिकता ! भिडन्त उन्मुख संसद ! गृहमन्त्री रविको आक्रोश…



क्रिकेटर सन्दीपको मुद्दा हेर्दाहेर्दैमा
क्रिकेटर सन्दीप लामिछाने विरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दा मंगलबार हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । न्यायाधीशद्वयले यो मुद्दामा आजै बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि आज बहस पूरा हुन सकेन ।

नीति तथा कार्यक्रममा स्वास्थ्य
सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निशुल्क स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्ने भएको हो । यस्तै १० देखि १४ बर्ष उमेर समूहका बालिकालाई दिइने खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गर्ने भएको छ । यसबाहेक सङ्घीय अस्पतालहरूमा दुई सिफ्टमा सेवा सञ्चालन,आधारभूत अस्पतालको निर्माण कार्य शीघ्र सम्पन्न गरिने,ज्येष्ठ नागरिकहरूलाई सहज स्वास्थ्यसेवा व्यवस्था, अस्पतालका अभिलेख विद्युतीय प्रणालीमा,स्वास्थ्य बिमामा अनिवार्य आबद्ध गराइने, योगध्यान पर्यटन प्रवद्र्धन गरिने लगायतका बिषय समेटिएको छ ।

नीति तथा कार्यक्रममा खेलकुद
सरकारले आगामी बर्ष खेलकुदको भौतिक पूर्वाधारलाई विशेष प्राथमिकतामा राख्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्मा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खेलकुदको भौतिक पूर्वाधार निर्माणमा जोड दिइने बताए । दशैँ राष्ट्रिय खेलकुद प्रतियोथिता आयोजना गर्ने, काठमाडौंको मुलपानि, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट मैदानको निर्माण कार्य प्राथमिकतामा राख्ने, चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य प्रदेश र स्थानीय सरकारको सहकार्यमा निर्माण गर्ने, कीर्तिपुरस्थित अन्र्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति र थप निर्माण कार्य अघि बढाइने, खेलकुदमा महिला सहभागिता बढाइने, मौलिक र परम्परागत खेलको प्रवद्र्धन गर्ने लगायतका महत्वपूर्ण बिषयहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रममा कृषि
आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा सरकारले कृषि क्षेत्रका उत्पादनका साधनहरूको अधिकतम परिचालनमा जोड दिएको छ । चालु आर्थिक वर्षमा थप ३ हजार हेक्टर भूमिमा सिँचाइ सुविधा विस्तार भएको बताउँदै सुनकोशी–मरिन डाइभर्सन आयोजनाको १३ दशमलव २ किलोमिटर लामो सुरुङ छिचोल्ने कार्य निर्धारित समय अगावै सम्पन्न भएको उल्लेख गरेको छ । यसबाहेक कृषिभूमिको एकीकरण गरी सामुहिक खेती, दुई बर्षभित्र खोरेत रोग उन्मुलन, कृषिमा लगानी दशक घोषणा, कृषि इकोसिस्टम सुधार कार्ययोजना लगायतका महत्वपूर्ण बिषयहरु नीति तथा कार्यक्रममा समेटिएका छन् ।

नीति तथा कार्यक्रममा सरकारको मुख्य प्राथमिकता
मंगलबार संघीय संसद्को दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको नीति तथा कार्यक्रममा सरकारले संविधानको पूर्ण कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनर्उत्थान, उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सबलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेको छ । यस्तै शान्ति प्रक्रियालाई पूर्णता दिन बिषय पनि सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा पूर्वाधार
सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा पूर्वाधार र विकास निर्माणलाई तीव्र गतिमा अघि बढाउने दाबी गरेको छ । सरकारले यसै बर्ष नौबिसे–नागढुंगा सुरुङमार्गको निर्माण सम्पन्न गरको बताउँदै पूर्वपश्चिम राजमार्ग स्तरउन्नती वृद्धि गरिएको, सुनकोशी–मरिण डाइभर्सनको टनेल ब्रेक थु्र भएको दाबी समेत गरेको छ । साथै सरकारले यसै बर्ष ३ हजार हेक्टर क्षेत्रफलमा थप सिचाई पुगेको बताउँदै विद्युत उत्पादन २ हजार ४० मेगावाट पुगेको समेत दाबी गरेको छ ।

नीति तथा कार्यक्रममा स्वर्णिमको राय
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम बजेटसँग तादाम्यता हुने गरी आएको बताएका छन् । मंगलबार सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले क्रमिक सुधार गर्ने गरी आएको बताएका हुन् । पहिले ठूला कुरा गर्ने तर त्यसअनुसारको बजेट नआउँदा तादाम्यता नमिलेको उनले बताए । १५ जेठमा आउने बजेटबाट नीति तथा कार्यक्रम कार्यान्वयन हुने ढोका खोल्ने उनको भनाई थियो ।

संसदीय छानबिन समिति नबने सदन चल्दैनः कांग्रेस
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल नहुने बताएको छ । नीति तथा कार्यक्रम प्रस्तुतपछि संसद् भवन बाहिर प्रतिक्रिया दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कुनैपनि सरकारी प्रस्तावमाथि संसदमा छलफल नहुने बताए । साथै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम परम्परागत रहेको र नयाँ कुरा केही नभएको समेत बताएका छन् ।

गृहमन्त्री रवि लामिछानेको आक्रोश
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्को अवरोध कहिले हट्छ भन्ने प्रश्न कांग्रेसलाई सोध्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठक अवरुद्ध भएपछि पत्रकारको प्रश्नमा उनले सो टिप्पणी गरेका हुन् । मन्त्री लामिछानेले सरकारको नीति तथा कार्यक्रममा प्रहरीका तल्लो तहका सबै कर्मचारीहरूको अवकाशको समयलाई पुनरावलोकन गर्ने, व्यवस्थित ढंगले बढुवा गर्ने, खुला जेलको अवधारणा जहाँ श्रम गर्न सकिने, काम गर्न सकिने विषयहरूदेखि लिएर धेरै राम्रा कुराहरू लिएर आएको बताए । कतिपय पुराना कुराको निरन्तरता भएपनि धेरै नयाँ कुराहरू पनि रहेको उनले बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले