३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

सोमबार २४ दशमलव ३९ अंकले बढ्यो नेप्से



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से २४ दशमलव ३९ अंकले विद्धि भएको छ ।

कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १.२३ प्रतिशतले बढेर १९९८ अंकमा पुगेर रोकिएको हो । यसक्रममा सोमबार १४८ वटा कम्पनीको मूल्य बढेको छ । यस्तै ८५ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको भने स्थिर छ । परिसूचकमा उत्साहजनक वृद्धि आउँदा ६ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सोमबार नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, सृजनशील लघुवित्त, हिमालयन ऊर्जा विकास कम्पनी र गुराँस लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लागेको हो । सोमबार सीवाईसीएल लघुवित्तको सेयर मूल्य भने ५.६५ प्रतिशतले घटेको छ । नेप्से सूचक दोहोरो अंकले बढ्दा आज ३ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको ९५ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा ५ समूहको सेयर सूचक भने घटेको छ ।

वित्त, होटल र टुरिजम, उत्पादनमूलक, निर्जीवन बीमा समूह र व्यापार समूहमा गिरावट आएको हो । यसबाहेक सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक बढेको छ । यो समूहको सूचक ५० अंकले बढेको छ । यसपछि बैंक समूहको सूचक ३२ अंकले बढ्दा लघुवत्त समूहमा ३० अंकको वृद्धि छ ।

जेठ महिनादेखि बैंकको ब्याजदर घट्ने, उत्साहजनक पछिल्लो आर्थिक तथा वित्तीय सूचक र ब्रोकर कमिसन घट्ने भएपछि सूचक बढ्न थालेको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

समाजवादी मोर्चाले काठमाडौंमा १५ गते वृहत् जनसभा आयोजना गर्ने निर्णय

काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले आगामी चैत १५

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ