३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

साताको पहिलो कारोबारको दिन सेयर बजारमा ८ अंकको बृद्धि



काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार ८ दशमलव २ अंकले बढेर नेप्से परिसूचक १९७४ अंकमा कायम भएको छ ।

आज ३ अर्ब १५ करोड रुपैयाँको कारोबार भयो । दिनभर १२७ कम्पनीको मूल्य बढ्दा १११ को घट्यो भने ७ को स्थिर रह्यो । तीन क्षेत्र फाइनान्स, होटल तथा पर्यटन र माइक्रोफाइनान्सका सूचक घटे भने अरु सबै क्षेत्रका सूचक बढेका छन् । निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २.६ प्रतिशत बढ्यो । यसअघि गत बिहीबार होटल समूह सबैभन्दा धेरै ६ दशमलव ९ प्रतिशत बढेको थियो ।

बैंकिङ ४, विकास बैंक ४२, हाइड्रोपावर ३, जीवन बीमा १२२, निर्जीवन बीमा २७२, अन्य ११, ब्यापार ३१ र उत्पादन समूह सूचक ९३ अंक बढे । फाइनान्स १८, होटल तथा पर्यटन १२६ र माइक्रोफाइनान्स ५७ अंक घटे । सिर्जनशील लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । उन्नती सहकार्यको ७.५, युनाइटेड अजोड इन्स्योरेन्सको ५.६, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ५.५, एसियन लाइफ इन्स्योरेन्सको ५ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै मानुषी लघुवित्तको ५.४, दोल्ती पावरको ४.५, आरएसडीसी लघुवित्तको ४.४, सोल्टी होटलको ३.६ र नेस्डो लघुवित्तको ३.४ प्रतिशत मूल्य घट्यो ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ३ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं