१९ श्रावण २०८३, मंगलबार । August 5, 2026

साताको पहिलो कारोबारको दिन सेयर बजारमा ८ अंकको बृद्धि


३० बैशाख २०८१, आइतबार  

6
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार ८ दशमलव २ अंकले बढेर नेप्से परिसूचक १९७४ अंकमा कायम भएको छ ।

आज ३ अर्ब १५ करोड रुपैयाँको कारोबार भयो । दिनभर १२७ कम्पनीको मूल्य बढ्दा १११ को घट्यो भने ७ को स्थिर रह्यो । तीन क्षेत्र फाइनान्स, होटल तथा पर्यटन र माइक्रोफाइनान्सका सूचक घटे भने अरु सबै क्षेत्रका सूचक बढेका छन् । निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २.६ प्रतिशत बढ्यो । यसअघि गत बिहीबार होटल समूह सबैभन्दा धेरै ६ दशमलव ९ प्रतिशत बढेको थियो ।

बैंकिङ ४, विकास बैंक ४२, हाइड्रोपावर ३, जीवन बीमा १२२, निर्जीवन बीमा २७२, अन्य ११, ब्यापार ३१ र उत्पादन समूह सूचक ९३ अंक बढे । फाइनान्स १८, होटल तथा पर्यटन १२६ र माइक्रोफाइनान्स ५७ अंक घटे । सिर्जनशील लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । उन्नती सहकार्यको ७.५, युनाइटेड अजोड इन्स्योरेन्सको ५.६, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ५.५, एसियन लाइफ इन्स्योरेन्सको ५ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै मानुषी लघुवित्तको ५.४, दोल्ती पावरको ४.५, आरएसडीसी लघुवित्तको ४.४, सोल्टी होटलको ३.६ र नेस्डो लघुवित्तको ३.४ प्रतिशत मूल्य घट्यो ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ३ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर