८ चैत्र २०८२, आइतबार । March 22, 2026

सर्लाहीमा आगलागीबाट १० महिनामा १६१ घर जले


३० बैशाख २०८१, आइतबार  

6
Shares

सर्लाही । सर्लाहीमा चालु आर्थिक वर्षका १० महिनामा भएका आगलागीका घटनाबाट एक सय ६१ घर जलेका छन् भने करोडौँको धनमाल जलेर नोक्सानी भएको छ ।

जिल्लाका विभिन्न स्थानमा भएका एक सय २३ वटा आगलागीका घटनाबाट तीनवटा पक्की, एक सय ५८ वटा कच्चि गरेर एक सय ६१ घर जलेका जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । साथै आगलागीबाट रु तीन करोड ६८ लाख ७४ हजार ४ सय बराबरको धनमाल जलेर नष्ट भएका र एक जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत श्रावण १९ गते पर्सा गाउँपालिकामा भएको आगलागीमा एक महिलाको जलेर मृत्यु भएको थियो भने आगो निभाउने तथा मालसामान झिक्नेक्रममा आगोले पोलेर आठजना महिला र पाँचजना पुरुष गम्भीर घाइते भएका छन् । घाइतेमध्ये केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको र केही अहिले पनि उपचार जारी रहेको छ । कार्यलयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठ आगलागीबाट १७ वटा गोठ जलेर नष्ट हुँदा १३ पशुचौपाया मरेका र दुईवटा घाइते भएको बताए ।

उनले खाना पकाउन बालेको आगो ननिभाउँदा र बिजुलीको तार सर्ट हुँदा अधिकांश आगलागीका घटना भएका बताए । गत वैशाख २० गते जिल्लाको दक्षिणपश्चिम क्षेत्र विष्णु गाउँपालिका–१, बाराउद्योरण गाउँको पुर्वारी टोलमा भएको आगलागीबाट ६१ घर जलेर नष्ट भएका र आगलागीपीडित परविारले कष्टकर जीवन बिताउनुपरेको वडाध्यक्ष बिकाउ ठाकुरले बताए । २० पालिका रहेको सर्लाहीमा दुई पालिकासँग मात्र बारुणयन्त्र छन् ।

स्थानीय तहले आगलागीका घटना न्यूनीकरण तथा पीडित परिवारको व्यवस्थापनमा ध्यान नदिँदा समस्या भइरहेको स्थानीयको गुनासो छ । नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले स्थानीय पालिकाले सम्भावित विपद् जोखिम मूल्याङ्कन, सचेतना अभिवृद्धि तथा पूर्वतयारीमा ध्यान नदिएको बताए ।

‘‘मधेशमा हरेक वर्षका चैत वैशाखमा आगलागी घटनाको उच्च जोखिम हुन्छ भन्ने करा सबैलाई थाहा छ तर जोखिम न्यूनीकरणका लागि पालिकाले न बारुणयन्त्रको व्यवस्थापन गरेका छन् न त अन्य तयारी गरका छन् । यसले साना घटनाबाट पनि ठूलो जोखिम बेहोर्नु परिरहेको छ”, उनले भने । स्थानीय सामाजिक अगुवा रजनिकान्त झाले अब जिल्लाका हरेक स्थानीय तहले विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण र प्रतिकार्य योजना बनाउन जरूरी रहेको बताए । “विपद् हरेक वर्ष आउँछ र आकस्मिकरूपमा आउँछ ।

त्यसकारण यहाँका हरेक पालिकासँग आफ्ना नागरिकलाई विपद्बाट जोगाउने योजना र तयारी हुनुपर्छ”, उनको सुझाव छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ११ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो