१ कार्तिक २०८३, आइतबार । October 18, 2026

नेपालसँग टी–२० सिरिज खेल्ने वेस्ट इन्डिजको टोली घोषणा


११ बैशाख २०८१, मंगलबार  

12
Shares

काठमाडौं । नेपालसँग टी–२० खेल खेल्नका लागि वेस्ट इन्डिजले टोली घोषाणा गरेको छ ।

अप्रिल २५ देखि सुरु हुन लागेको सिरिजका लागि वेस्ट इन्डिजको ‘ए’ टिमले नेपालको भ्रमण गर्न लागेको हो । आईसीसी टी २० विश्वकपको तयारीमा रहेका दुवै टिमलाई यो सिरिजले महत्त्वपूर्ण फाइदा पुग्ने विश्वास गरिएको छ । वेस्ट इन्डिजले नेपालविरुद्धका सिरिजका लागि अनुभवी खेलाडीहरूलाई मौका दिएको छ । कप्तानको रूपमा अनुभवी रोस्टन चेस रहेका छन् भने उप–कप्तानको जिम्मेवारीमा एलिक एथानाजे रहेका छन् ।

उक्त टोलीमा रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उप–कप्तान), फेबियन एलेन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चाल्र्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याकवे, गुडाकेश मोती, किमो पल, ओशाने थोमस, हेडेन वाल्स जस्ता प्रभावशाली खेलाडीहरु रहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ९ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि