१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

मंगलबार २ हजार विन्दुबाट तल झर्यो नेप्से


४ बैशाख २०८१, मंगलबार  

6
Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९१ दशमलव ७१ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन सय ५३ दशमलव ५१ मा सिमित भएको छ ।

कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेका अनुसार कूल ५४ लाख ७१ हजार ६८ कित्ता शेयर रु दुई अर्ब १० करोड ३० लाख १९ हजार दुई सय १८ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ५९ लाख ७८ हजार एक सय ६३ बराबरको कारोबार भएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स रु सात करोड ४३ लाख ५३ हजार पाँच सय ७२, पोखरा फाइनान्स रु छ करोड ६८ लाख ९८ हजार दुई सय १४, सर्वोत्तम सिमेन्ट रु चार करोड ५९ लाख ८१ हजार चार सय ३४ र शिवम् सिमेन्ट रु चार करोड ४७ लाख ४३ हजार सात सय सात बराबर कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

एसबिएस ऋणपत्र नौ दशमलव ९९, गोर्खाज फाइनान्स नौ दशमलव ९६, सिभिल बैंकको ऋणपत्र आठ दशमलव १९, ग्रीन डेभलपमेन्ट बैंक पाँच दशमलव शून्य दुई र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव शून्य चार प्रतिशतले कमाएका नेप्सेले जनाएको छ ।

त्यस्तै, रुरु जलविद्युत् परियोजना १०, पोखरा फाइनान्स छ दशमलव ७४, सिवाइसी नेपाल लघुवित्त छ दशमलव ५०, डोल्टी पावर पाँच दशमलव ६० र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले पाँच दशमलव शून्य छ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ३ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था