४ असार २०८३, बिहिबार । June 18, 2026

गायक नरेश खातीको ‘टाटा बाई बाई छ’ सार्वजनिक


३ बैशाख २०८१, सोमबार  

33
Shares

काठमाडौं । लोकदोहोरी गायक तथा संगीतकार नरेश खातीको नयाँ गीत ‘टाटा बाई बाई छ’ सार्वजनिक भएको छोटो समयमै दर्शक रुचाएका छन् ।

मेक्सम–नरेश अफिसियल युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक भएको ‘टाटा बाई बाई छ’ गीत यो समाचार तयार पार्दासम्म एक लाख भन्दा बढी पटक हेरिएको छ भने गीत ‘ट्रेण्डिङ’मा उक्लिएको छ । नरेश खातीको शब्द सिर्जना र संगीत रहेको ‘टाटा बाई बाई छ’ गीतमा नरेश खातीसँगै संगीता चौधरीको आवाज रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा नरेश खाती, कविता न्यौपाने, गोविन्द विवश र दिक्षा घिमिरेको अभियन रहेको छ । म्युजिक भिडियोको निर्देशन जेरी भण्डारीले गर्नुभएको छ भने सम्पादन मनोज कार्कीले गरेका छन् ।

यस अघि पनि नरेश खातीकै शब्द, संगीत र आवाजमा रहेका ‘आउनु न फर्केर’, ‘किन रुवाको’, ‘परान पियारा’ लगायत थुप्रै गीतहरु पनि ट्रेण्डिङमा पर्दै आएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ५ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा