९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

गायक नरेश खातीको ‘टाटा बाई बाई छ’ सार्वजनिक



काठमाडौं । लोकदोहोरी गायक तथा संगीतकार नरेश खातीको नयाँ गीत ‘टाटा बाई बाई छ’ सार्वजनिक भएको छोटो समयमै दर्शक रुचाएका छन् ।

मेक्सम–नरेश अफिसियल युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक भएको ‘टाटा बाई बाई छ’ गीत यो समाचार तयार पार्दासम्म एक लाख भन्दा बढी पटक हेरिएको छ भने गीत ‘ट्रेण्डिङ’मा उक्लिएको छ । नरेश खातीको शब्द सिर्जना र संगीत रहेको ‘टाटा बाई बाई छ’ गीतमा नरेश खातीसँगै संगीता चौधरीको आवाज रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा नरेश खाती, कविता न्यौपाने, गोविन्द विवश र दिक्षा घिमिरेको अभियन रहेको छ । म्युजिक भिडियोको निर्देशन जेरी भण्डारीले गर्नुभएको छ भने सम्पादन मनोज कार्कीले गरेका छन् ।

यस अघि पनि नरेश खातीकै शब्द, संगीत र आवाजमा रहेका ‘आउनु न फर्केर’, ‘किन रुवाको’, ‘परान पियारा’ लगायत थुप्रै गीतहरु पनि ट्रेण्डिङमा पर्दै आएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ५ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी