९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

एसीसी प्रिमियर कपः लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा



काठमाडौं । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको उत्कृष्ट ब्याटिङ प्रर्दशन सँगै ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले लगातार तेस्रो जीत निकालेको छ ।

सोमबार हङकङ विरुद्ध भएको आफ्नो समूह चरणको तेस्रो खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो । हङकङले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले १२ दशमलव २ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो । यो सँगै नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

नेपाल लागि ओपर आशिफ शेखले सर्वाधिक ४० रन जोड्न सफल भएका थिए । उनले १७ बलमा ४० रन जोडेका थिए भने अर्का ओपनर कुशल भुर्तेलले १८ बल खेल्दै ३२ रनको योगदान गरेका थिए । यस्तै कप्तान रोहित पौडेलले २० बलको मद्दतमा २५ रन र सन्दिप जोराले १७ बलको सहयोगमा १९ रन जोडेका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १७ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर जम्मा १ सय १४ रन बनाउन सकेको थियो । बलिङतर्फ नेपालका लागि नेपालका लागि दिपेन्द्रसिंह ऐरी र अविनाश बोहराले समान ३/३ विकेट लिएका थिए ।

यस्तै ललित राजवंशीले २ विकेट लिएका थिए भने करण केसी र गुल्शन झाले समान १/१ विकेटको योगदान गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ३ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी