४ असार २०८३, बिहिबार । June 18, 2026

एसीसी प्रिमियर कपः लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा


३ बैशाख २०८१, सोमबार  

480
Shares

काठमाडौं । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको उत्कृष्ट ब्याटिङ प्रर्दशन सँगै ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले लगातार तेस्रो जीत निकालेको छ ।

सोमबार हङकङ विरुद्ध भएको आफ्नो समूह चरणको तेस्रो खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो । हङकङले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले १२ दशमलव २ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो । यो सँगै नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

नेपाल लागि ओपर आशिफ शेखले सर्वाधिक ४० रन जोड्न सफल भएका थिए । उनले १७ बलमा ४० रन जोडेका थिए भने अर्का ओपनर कुशल भुर्तेलले १८ बल खेल्दै ३२ रनको योगदान गरेका थिए । यस्तै कप्तान रोहित पौडेलले २० बलको मद्दतमा २५ रन र सन्दिप जोराले १७ बलको सहयोगमा १९ रन जोडेका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १७ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर जम्मा १ सय १४ रन बनाउन सकेको थियो । बलिङतर्फ नेपालका लागि नेपालका लागि दिपेन्द्रसिंह ऐरी र अविनाश बोहराले समान ३/३ विकेट लिएका थिए ।

यस्तै ललित राजवंशीले २ विकेट लिएका थिए भने करण केसी र गुल्शन झाले समान १/१ विकेटको योगदान गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ३ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा