५ बैशाख २०८३, शनिबार । April 19, 2026

एकदिवसीय क्रिकेटः आयरल्यान्ड ‘ए’द्वारा शृङ्खला ‘क्लिनस्वीप’


२५ चैत्र २०८०, आइतबार  

6
Shares

काठमाडौं । नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृङ्खला आयरल्यान्ड ‘ए’ले ‘क्लिनस्वीप’ गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको प्रतियोगिताको तेस्रो खेलमा नेपाल ‘ए’लाई ६९ रनले पराजित गर्दै आयरल्याण्ड ‘ए’ले शृङ्खला क्लिनस्वीप गरेको हो । आयरल्याण्ड ‘ए’ले पहिलो खेल २१ रनले र दोस्रो खेल एक सय १४ रनले जितेको थियो । आजको खेलमा जितका लागि दुई सय ८५ रनको लक्ष्य पाएको नेपाल ३९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय १५ रनमा समेटियो ।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक एक सय दुई रनको योगदान दिए । उनले एक सय १८ बल खेल्ने क्रममा १४ चौका प्रहार गरे । त्यसैगरी अर्जुन साउदले ३० बलमा चार चौका र तीन छक्काको साहयताले ३६ रन बनाए भने नरेन भट्ट र रुपेश सिंहले समान १५/१५ रन बनाए । देव खनालले ११ रन जोडदा साहब आलमले छ रनमा आउट भए । आयरल्याण्ड ‘ए’को जितमा बिन ह्वाइट एक्लैले पाँच विकेट लिए भने गाभिन होयले चार विकेट झारे ।

त्यस्तै म्याथ्यु फोस्टरले एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रनको योगफल बनाएको थियो । आयरल्यान्ड ‘ए’का लागि स्टीफन डोहनीले शतकीय प्रहार गरे । उनले एक सय २९ बल खेल्दै आठ छौका र दुई छक्काको सहयोगमा एक सय सात रनको योगदान दिएका थिए । त्यस्तै पिटर मुरले २४ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ४४ रन बनाए ।

म्याथ्यु हम्फ्रेजले २३ रन बनाए भने मोर्गन टोप्पिङले २१ रन बनाए । त्यस्तै फिन ह्यान्डले २० रन जोडे । नेपाल ‘ए’का रिजन ढकाल र रञ्जित कुमारले समान तीन÷तीन विकेट लिए भने विकास आग्री र साहब आलमले समान एक एक/विकेट लिए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ५ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित