२८ मंसिर २०८२, शनिबार । December 13, 2025

चैत्र २१ गते बुधबार दिनभर के–के भयो ? (भिडियो सहित)

सरकार गठनको आह्वान ! एमालेको आरोप ! बन्धक बनेका रवि ! नेपाल फाइनलमा…



१. सरकार गठनको आह्वान
गण्डकी प्रदेशकोे मुख्यमन्त्री पदमा दाब पेस गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई प्रदेश प्रमुखले ७ दिनको समय दिएका छन । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ गते दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् । भट्टले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै बहुमतको सरकार गठनको लागि दलहरूलाई मौका दिएका हुन् ।

२. कर्णालीमा एक साताभित्र नयाँ सरकार गठन गर्न आह्वान
कर्णाली प्रदेशमा एक साताभित्र नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ । बुधबार मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेका हुन् । नयाँ सरका गठनका लागि चैत्र २७ गते साँझ ५ बजेर ५० मिनेट सम्मको समय दिइएको छ ।

३. कांग्रेस महामन्त्री शर्माको आरोप
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीमा ठगी गर्ने कोर टिम र ढोकामा बसेर ढाकछोप गर्ने डोर टिम रहेको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले गोर्खा मिडियामा सहकारीको ८० करोड कर्जा लगानीमा रवि लामिछानेको संलग्नता रहेको दाबी गरेका छन् ।

४. साझा पेट्रोल पम्प चौबिसै घण्टा खुला हुने
साझा पेट्रोल पम्प अब चौबिसै घण्टा खुला हुने भएको छ । बुधबार साझा सेवा सहकारी बल्खुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले चौबिसै घण्टा पेट्रोल पम्प खुला गर्ने कार्यक्रमको उद्घाटन गरेका हुन् । अघिल्लो सातादेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको पम्प चौबिसै घण्ट खुला गराएका थिए ।

५. मन्त्री श्रेष्ठको आश्वासन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले दोषीलाई त्रिवि ऐनअनुसार कारबाही गरिने समेत उल्लेख गरिन ।

६. न्यायाधीश गिरीलाई थुनामा पठाउन आदेश
सर्वोच्च अदालतले बैवाहित बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीशहरु हरि फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेशलाई बदर गर्दै गिरीलाई थुनामा पठाउन आदेश दिएको हो । जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

७.प्रदेश सरकार गठनमा सहयोग नगर्ने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशमा सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकले सत्ता गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेको हो । यद्यपी, सत्ता गठबन्धन बाहिरको दललाई समर्थन गर्ने वा नगर्नेबारे स्पष्ट निर्णय गरेको छैन् ।

८.नउपा सुदूरपश्चिममा रडाको
नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेठको निर्देशन विपरित प्रमुख सचेतक खुसीराम थारुले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेका हुन् ।

९. नेपाल ए को कमजोर प्रर्दशन
त्रिवि क्रिकेट मैदानमा जारी आयरल्याण्ड ए विरुद्धको एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल ए २१ रनले पराजित भएको छ । पहिले बलिङ गर्दै आयरल्याण्ड ए लाई १ सय ५७ रनमै समेटेको नेपालको ब्याटिङ राम्रो नचल्दा २५ दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय ३६ रन मात्रै बनाउन सक्यो ।

१०. एमालेको आरोप
नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली कांग्रेसले अराजक व्यवहार देखाएको आरोप लगाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्लौलाले गृहमन्त्री लामिछानेले सत्तापक्ष र सर्वसाधारणले आफूमाथि लगाएको आरोपको खण्डन कसरी गर्छन भन्ने सुन्न चाहेपनि कांग्रेसले नदिएर संसदमा अराजकता मच्चाएको टिप्पणी गरेका हुन् ।

११. गुजरातलाई हराउँदै नेपाल फाइनलमा
भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कपमा गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा पुगेको छ । नेपालले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर जम्मा १ सय ७३ रन मात्र बनाउन सक्यो । नेपालका लागि सोमपाल कामीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । त्यस्तै गुलशन झाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट, कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिएका थिए भने विवेक यादवले १ विकेट लिएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले