८ चैत्र २०८२, आइतबार । March 22, 2026

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’को कमजोर प्रदर्शन, २१ रनले पराजित


२१ चैत्र २०८०, बुधबार  

3
Shares

काठमाडौ । आयरल्याण्ड ‘ए’विरुद्ध आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ले कमजोर प्रदर्शन गरेको छ ।

पहिले बलिङ गर्दै आयरल्याण्ड ‘ए’ सस्तैमा समेटेको नेपाल ‘ए’को ब्याटिङ नचल्दा सामान्य लक्ष्य पनि पूरा गर्न सकेन । अनुभवी ब्याटर नचल्दा आयरल्याण्ड ‘ए’ले दिएको एक सय ५८ रनको सामान्य लक्ष्य पनि नेपाल ‘ए’ले पूरा गर्न सकेन । नेपाल ‘ए’को टोली २५ दशमलव तीन ओभरमा अलआउट हुँदै एक सय ३६ रनमा समेटियो ।

नेपाल ‘ए’का लागि साहब आलमले ३४ बलमा एक छक्का र चार चौकाको सहयोगमा ३७ रनको योगदान दिए । साथै देव खनालले २६, बसिर अहमदले २० र रिजन ढaकालले १२ रन बनाए । नेपाल ‘ए’का लागि अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।आयरल्याण्ड ‘ए’को जितमा म्याथ्यु हम्फ्रिजले पाँच र लियाम मकार्थीले चार विकेट लिए । जितसँगै तीन खेलको शृङ्खलामा आयरल्याण्ड ‘ए’ले अग्रता लिएको छ ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ३८ दशमलव तीन ओभरमा अलआउट हुँदा एक सय ५७ रनमात्रै बनाउन सक्यो । सुरुवातदेखि दबाब महसुस गरेको आयरल्याण्ड ‘ए’ले मध्यमक्रममा सम्हालिने प्रयास गरे पनि अन्तिममा लय गुमायो । उसले पछिल्लो पाँच ओभरमा छ विकेट गुमाउँदै जम्मा १४ रन मात्रै बनाउन सक्यो । आयरल्याण्ड ‘ए’का लागि केड कार्माइकलले अर्धशतकीय पारी खेले ।

उनले ७७ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाए । कप्तान निल रकले ३२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकको सहयोगमा ३९ रन बनाए । त्यसबाहेक पिटर मुरले २१ रन बनाउँदा ओपनरद्वर जेम्स मकलम र स्टेफल डोहनीले समान १२/१२ रनको योगदान दिए । अन्य ब्याटरले भने उल्लेख रन बनाउन सकेनन् ।

नेपाल ‘ए’का लागि कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिए भने साहब आलम र मौसम ढकालले दुई÷दुई विकेट लिए । साथै रिजन ढकालले एक विकेट लिए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ३ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो