२८ मंसिर २०८२, शनिबार । December 13, 2025

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो, साढे दुई अर्बको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक तीन दशमलव ४३ प्रतिशतले घटेर दुई हजार छ दशमलव ७८ को बिन्दुमा कायम भएको हो । विभिन्न तीन सय २२ कम्पनीका ६४ लाख ८१ हजार आठ सय ३४ कित्ता शेयर ५२ हजार ६५ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ५३ करोड ६२ लाख ३३ हजार नौ सय ८६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

जीवन बीमा समूह शून्य दशमलव ५०, लघुवित्त एक दशमलव ६५ र म्युचुअल फन्ड समूह शून्य दशमलव ३८ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव ७४ र व्यापार समूह शून्य दशमलव ७४ प्रतिशतले घटेको छ ।

बैंकिङ शून्य दशमलव ३५, विकास बैंक शून्य दशमलव ६३, वित्त शून्य दशमलव ६३, होटल तथा पर्यटन शून्य दशमलव १८, जलविद्युत् शून्य दशमलव ३९, लगानी शून्य दशमलव १८, निर्जीवन बीमा शून्य दशमलव ०२ र अन्य समूह शून्य दशमलव २७ प्रतिशतले घटेका छन् ।

आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९७ र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको नौ दशमलव ९१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने रिभर फल्स पावर लिमिटेडको शेयर मूल्य चार दशमलव ४० र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको चार दशमलव ०८ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु २५ करोड ८० लाख ५९ हजार एक सय १६ बराबरको चार लाख ९४ हजार सात सय ४५ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ३ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले