२३ चैत्र २०८२, सोमबार । April 6, 2026

नेपाल ए ले आयरल्यान्ड ए सँग खेल्दै, दुवै टीमलाई बर्षाकै डर


१६ चैत्र २०८०, शुक्रबार  

6
Shares

काठमाडौं । बिहीबार बर्षाका कारण रोकिएको नेपाल ए र आयरल्यान्ड ए बिचको पहिलो टी–२० अभ्यास खेल आज हुँदैछ ।

खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ । विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो । त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो । तर, काठमाडौं उपत्यका सहित देशका विभिन्न भागहरुको मौसम खराब भइरहेको अवस्थामा आजको खेलपनि बर्षाकै कारण प्रभावित हुने हो कि भन्ने डर भने जीवितै छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले समेत आज दिउँसो काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा बर्षाको सम्भावना रहेको बताइरहँदा आजको खेलपनि बर्षाकै कारण स्थगित हुने त होइन ? प्रश्न उब्जिएको छ । नयाँ तालिका अनुसार नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी–२० खेल शुक्रबार, शनिबार र सोमबार हुनेछ ।

त्यस्तै तीन एकदिवसीय खेल चैत २१ (बुधबार), चैत २३ (शुक्रबार) र चैत २५ (आइतबार) हुनेछ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ८ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने