२ असार २०८२, सोमबार । June 16, 2025

नेपाल ए ले आयरल्यान्ड ए सँग खेल्दै, दुवै टीमलाई बर्षाकै डर



काठमाडौं । बिहीबार बर्षाका कारण रोकिएको नेपाल ए र आयरल्यान्ड ए बिचको पहिलो टी–२० अभ्यास खेल आज हुँदैछ ।

खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ । विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो । त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो । तर, काठमाडौं उपत्यका सहित देशका विभिन्न भागहरुको मौसम खराब भइरहेको अवस्थामा आजको खेलपनि बर्षाकै कारण प्रभावित हुने हो कि भन्ने डर भने जीवितै छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले समेत आज दिउँसो काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा बर्षाको सम्भावना रहेको बताइरहँदा आजको खेलपनि बर्षाकै कारण स्थगित हुने त होइन ? प्रश्न उब्जिएको छ । नयाँ तालिका अनुसार नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी–२० खेल शुक्रबार, शनिबार र सोमबार हुनेछ ।

त्यस्तै तीन एकदिवसीय खेल चैत २१ (बुधबार), चैत २३ (शुक्रबार) र चैत २५ (आइतबार) हुनेछ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ८ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ग्वार्को फ्लाईओभर सञ्चालनको अन्तिम तयारी, असार ६ गतेदेखि सवारी गुड्ने

काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभर अब चार दिनपछि पूर्ण

‘लिटिल मिस एन्जल’ र ‘लिटिल मास्टर नेपाल २०२५’ को छैठौं संस्करणको ग्राण्ड फिनाले सम्पन्न

काठमाडौं । कलाश इभेन्ट्सद्वारा आयोजित ‘लिटिल मिस एन्जल नेपाल’ र

इरान–इजरायल युद्धः भिषण आक्रमण जारी, मृतक संख्या दुई सय ३८ पुग्यो

एजेन्सी । इरान र इजरायलबीच जारी सैन्य द्वन्द्वले गम्भीर रुप

पेट्रोल र डिजेलको मूल्य बढ्यो, कति पुग्यो लिटरमा ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा फेरि

त्रिदेशीय टी-२० शृंखला: नेदरल्याण्ड्सविरुद्ध भिड्दै नेपाल

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो