२१ मंसिर २०८२, शनिबार । December 6, 2025

नेपाल ए ले आज पहिलो टी–२० अभ्यास खेल खेल्दै



काठमाडौं । बिनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ए ले आज पहिलो टी–२० खेल खेल्दैछ ।

आज दिउँसो १ बजे टीयू क्रिकेट मैदानमा आयरल्यान्ड ए सँग नेपालले उक्त खेल खेल्न लागेको हो । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी२० र एक दिवसीय सिरिज हुनेछ । नेपालको कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन् । एसीसी प्रिमियर कप र टी–२० विश्वकप अघि युवा खेलाडीलाई ए टोलीमा सानदार प्रदर्शन गर्दै सिनियर टोलीको ढोका खोल्ने अवसर हुनसक्छ ।

सिनियर टोलीमा मौका नपाएका सबै खेलाडीलाई आफ्नो प्रदर्शन देखाउने राम्रो अवसर हो । नेपाली टोलीमा कप्तान विनोद भण्डारी, लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ति नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

यस्तै आयरल्यान्डको टोलीमा कप्तान निल रक, पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट जस्ता प्रभावशाली खेलाडी रहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको