२८ मंसिर २०८२, शनिबार । December 13, 2025

आज दिनभर के भयो ?

रविको स्पष्टीकरण ! सडक कि मृत्युमार्ग ? भूकम्प पीडितलाई राहत कहिले ? चरेस बरामद…



१.गृहमन्त्री रवि लामिछानेको प्रतिबद्धता
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताएका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले अपराधिक क्रियाकलापमा संलग्न जो कोहीलाई पनि नछोड्ने प्रतिबद्धता जनाएको हुन् । गृहमन्त्री लामिछानेले राजनीतिक दलमा आवद्ध कुनै पनि दलका नेता, कार्यकर्तालाई राजनीतिक प्रसयको आधारमा कुनै पनि हालतमा छुट नदिने तथा भनसुनको आधारमा अपराधमा संलग्न कसैलाई पनि नछाडिने उनले बताए ।


२. मुगुमा जीप दुर्घटना, २ जनाको मृत्यु
गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने चार जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर बढी तल खसेको जनाइएको छ । दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।


३. भूकम्प पीडितलाई राहत कहिले ?
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु हुनु अगावै भूकम्प पीडितलाई राहत वितरण गरिने जानकारी दिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज भएको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले मनसुन सुरु हुनु अगावै राहत वितरण गरिने बताएका हुन् । उक्त समितिको बैठकमा उपस्थित प्रतिनिधिसभा सदस्यहरुले भूकम्प पीडितले राहत पाउन नसकेको भन्दै राहत उपलब्ध गराउन गृहमन्त्री समक्ष अनुरोध गरेका थिए । जाजरकोटको बारेकोट गाउँपालिका–१ लामीडाँडा केन्द्रविन्दु भएर गत १७ कात्तिकको राति ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिमका बासिन्दा प्रभावित बनेका थिए ।


४. सहकारी ठगी प्रकरणमा मेरो संलग्नता छैन्ः रवि लामिछाने
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा आफ्नो नाम जोडिए पनि कुनै पनि प्रमाणले त्यसको पुष्टि गर्न नसकेको बताए । प्रहरी महानिरीक्षक बसन्त कुँवरले पनि सहकारी ठगीको बिषयमा प्रहरी समक्ष जाहेरी परे पनि उक्त जाहेरीमा गृहमन्त्री लामिछानेको कुनै संलग्नता नरहेको बताएका थिए ।


५.घट्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ८३ अङ्कले घटेर दुई हजार ३० दशमलव ८६ को विन्दुमा कायम भएको हो । आज तीन सय १० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता शेयर ४४ हजार दुई सय ४९ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार पाँच सय ३४ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह एक दशमलव ७२ र व्यापार समूह एक दशमलव ६० प्रतिशतले घटेको छ ।


६. त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलो चरेस बरामद गरेको छ । विदेश लैजाँदै गरेको सो चरेस मंगलबार बरामद गरेर आज सार्वजनिक गरिएको हो । विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट प्रहरीले कार्गो चेक जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको एआरए एमइएक्स कुरियरको १८ वटा फोटो फ्रेमभित्र लुकाई–छिपाई ल्याइएको अवस्थामा उक्त परिमाणको पदार्थ मङ्गलबार फेला पारी बरामद गरिएको केन्द्रीय प्रहरीले जनाएको छ ।


७. नेकपा एमाले कास्कीमा क्षेत्री विजयी
नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औँ अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार माधव बास्तोलालाई २ सय ४ मतले पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् । बुधबार भएको मतगणनामा क्षेत्रीले पाँच सय ५१ र बास्तोलाले तीन सय ४७ मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षमा भेषराज बराल,सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा लालबहादुर परियार र उपसचिव महिलातर्फ सन्तुदेवी सुवेदी विजयी भएका छन् । अधिवेशनबाट पदाधिकारीसहित एक सय २० जनाको कमिटी चयन भएको छ ।


८.माओवादीले पनि उपनिर्वाचनमा उम्मेदवार उठाउने
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आगमी बैशाख १५ गते प्रतिनिधिसभा अन्र्तगत इलाम–२ र प्रदेशसभा अन्र्तगत बझाङ–१ मा हुने उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको छ । बुधबार दिउँको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले उपनिर्वाचन हुने दुवै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले बताएका छन् । । पदाधिकारी बैठकबाट उम्मेदवार उठाउने निर्णय गरेपनि कसलाई उम्मेदवार बनाउने भन्नेमा भने अझै टुङ्गो लागिसकेको छैन् ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले