६ बैशाख २०८३, आइतबार । April 19, 2026

होली पछि खुलेको सेयर बजार १७ अंकले घट्यो


१२ चैत्र २०८०, सोमबार  

3
Shares

काठमाडौं । लगातार तीन दिनको बिदापछि खुलेको सेयर बजार नेप्से १७ अंकले घटेको छ ।

दिनभर कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । ३७ कम्पनीको मूल्य बढ्दा २०४ को घटेको छ भने ३ को स्थिर रह्यो । उत्पादन समूह सबैभन्दा धेरै २.१९ प्रतिशत बढ्यो भने माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै २.२५ प्रतिशत घट्यो । बैंकिङ १३, विकास बैंक ६०, फाइनान्स १६, हाइड्रोपावर २८, जीवन बीमा १००, माइक्रोफाइनान्स ९०, निर्जीवन बीमा ८२ र अन्य ९ अंक घटे ।

व्यापार ८, उत्पादन १४७, होटल तथा पर्यटन २३ अंक बढे । दुई कम्पनी सर्वोत्तम सिमेन्ट र बोटलर्स नेपाल बालाजुको मूल्य १० प्रतिशत बढ्दा उत्पादन समूहमा उच्च वृद्धि देखिएको छ । हालै सूचीकृत सर्वोत्तमको मूल्य प्रतिकित्ता ८१३ रुपैयाँ ८० पैसा पुगेको हो । तारागाउँ रिजेन्सीको मूल्य ८ प्रतिशत, सीवाईसी लघुवित्तको ७.४, हिमालयन हाइड्रोपावरको ६.२ प्रतिशत बढ्यो । किसान लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो ।

आत्मनिर्भर लघुवित्तको ८.८, गुराँस लघुवित्तको ७ र युनिक नेपाल लघुवित्तको मूल्य ६.२ प्रतिशत घट्यो ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ३ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित