२१ मंसिर २०८२, शनिबार । December 6, 2025

होली पछि खुलेको सेयर बजार १७ अंकले घट्यो



काठमाडौं । लगातार तीन दिनको बिदापछि खुलेको सेयर बजार नेप्से १७ अंकले घटेको छ ।

दिनभर कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । ३७ कम्पनीको मूल्य बढ्दा २०४ को घटेको छ भने ३ को स्थिर रह्यो । उत्पादन समूह सबैभन्दा धेरै २.१९ प्रतिशत बढ्यो भने माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै २.२५ प्रतिशत घट्यो । बैंकिङ १३, विकास बैंक ६०, फाइनान्स १६, हाइड्रोपावर २८, जीवन बीमा १००, माइक्रोफाइनान्स ९०, निर्जीवन बीमा ८२ र अन्य ९ अंक घटे ।

व्यापार ८, उत्पादन १४७, होटल तथा पर्यटन २३ अंक बढे । दुई कम्पनी सर्वोत्तम सिमेन्ट र बोटलर्स नेपाल बालाजुको मूल्य १० प्रतिशत बढ्दा उत्पादन समूहमा उच्च वृद्धि देखिएको छ । हालै सूचीकृत सर्वोत्तमको मूल्य प्रतिकित्ता ८१३ रुपैयाँ ८० पैसा पुगेको हो । तारागाउँ रिजेन्सीको मूल्य ८ प्रतिशत, सीवाईसी लघुवित्तको ७.४, हिमालयन हाइड्रोपावरको ६.२ प्रतिशत बढ्यो । किसान लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो ।

आत्मनिर्भर लघुवित्तको ८.८, गुराँस लघुवित्तको ७ र युनिक नेपाल लघुवित्तको मूल्य ६.२ प्रतिशत घट्यो ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ३ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको