१५ पुस २०८१, सोमबार । December 30, 2024

सोमबार नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको वृद्धि देखिएको छ ।

आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ७३ दशमलव ५३ को बिन्दुमा कायम भएको छ । आज तीन सय तीन कम्पनीको ७४ लाख ५९ हजार चार सय २४ कित्ता शेयर ५३ हजार दुई सय ५६ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार आठ सय १८ बराबरको कारोबार भएको छ ।

बैंकिङ समूह शून्य दशमलव ०३, लगानी समूह शून्य दशमलव ४६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८२ र निर्जीवन बीमा समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ३० र वित्त समूह एक दशमलव ०८ प्रतिशतले बढेको छ ।

गुर्खाज फाईनान्स लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, पिपुल्स पावर लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव १५ प्रतिशतले घटेको छ । कारोबार रकममा आधारमा गुर्खाज फाईनान्स लिमिटेडको रू २३ करोड १४ लाख ५८ हजार ७७ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको छ लाख ४२ हजार पाँच सय ९१ कित्ता शेयर किनबेच भनेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ५ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ पार्टी घोषणाको तयारीमा भीम रावल, बुधबार पत्रकार सम्मेलन गर्ने

काठमाडौं । नेकपा एमालेबाट साधारण सदस्य समेत नरहनेगरि निष्काशित भएका

नारायणगढ-मुग्लिन सडकखण्डको सिमलताल नजिक बस दुर्घटना, ६ जना घाइते

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल नजिकै बस दुर्घटना भएको

दिपेन्द्रले पाए एनपीएलमा जितेको कार, बने ओमोडा एण्ड जेको गाडीको ब्रान्ड एम्बेस्डर

काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउण्डर दिपेन्द्रसिंह ऐरी ओमोडा एन्ड

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको शानदार जित, फाइनलको सम्भावना बलियो

काठमाडौं । भारतविरुद्धको चौथो टेस्टमा शानदार जित निकाल्दै अस्ट्रेलिया टेस्ट

दक्षिण कोरिया विमान दुर्घटना अपडेटः मृतकमध्ये १ सय ४१ जनाको सनाखत

एजेन्सी । आइतबार बिहान दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु