२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

आईसिसी यू–१९ विश्वकप

अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश


१२ माघ २०८०, शुक्रबार  

54
Shares

काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसिसी यु–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा शुक्रबार अफगानिस्तान माथि १ विकेटको जित निकाल्दै नेपाल सुपर सिक्स चरणमा प्रवेश गरेको हो । अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले ४४ दशमलव ४ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको थियो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ खेले ।

उनले ८९ बल खेल्दै ७ चौकाको मद्दतले ५८ रन बनाएका हुन् । त्यसअघि इस्ट लन्डनमा टस हारेर पहिले बलिङ गरेको नेपालले तिव्र गतिका बलर आकाश चन्दको उत्कृष्ट बलिङको मद्दतमा अफगानिस्तानलाई १४५ रनमा समेटेको थियो । सुरुवातदेखि नै घातक रहेको नेपाली बलिङ लाइनअपले अफगानिस्तानलाई ४० दशमलव १ ओभरमा १ सय ४५ रनमा समेट्न सफल भएको थियो ।

नेपालले पहिलो दुई ओभरमा नै पहिलो दुई विकेट लिएको थियो । पहिलो ओभरमा गुलशन झाको चौथो बलमा नुमान शाह शुन्यमा आकाश डुम्रेको हातबाट क्याच आउट हुन पुगे ।

यस्तै दोस्रो ओभरमा आकाश चन्दको बलमा खालिद ताइनवाल विकेटकिपर बिपिन रावलको हातबाट क्याच आउट भए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ