१ आश्विन २०८३, बिहिबार । September 18, 2026

नेप्से परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट


८ माघ २०८०, सोमबार  

12
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक एक दशमलव ४७ प्रतिशतले घटेर दुई हजार ९८ दशमलव ६९ को विन्दुमा कायम भएको हो । आज तीन सय सात कम्पनीको एक करोड ८० लाख ४३ हजार दुई सय ४४ कित्ता शेयर एक लाख ५० हजार पाँच सय ४३ पटक खरिद बिक्री हुँदा रू छ अर्ब ३६ करोड ६० लाख ७० हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज व्यापार समूहको उपसूचक शून्य दशमलव ३५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जलविद्युत समूह दुई दशमलव २४ प्रतिशतले घेटेको छ । अपर स्याङ्दी हाइड्रोपावर कम्पनीको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ३३ प्रतिशत रहेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ७८ करोड ६३ लाख ८३ हजार चार सय ९२ बराबरको ११ लाख ९७ हजार तीन सय ५५ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ३ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ