८ चैत्र २०८२, आइतबार । March 23, 2026

नेप्से परिसूचक ३१ दशमलव ६२ अङ्कले बढ्यो


२९ पुस २०८०, आइतबार  

9
Shares

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ को विन्दुमा कायम भएको छ ।

आज तीन सय १४ कम्पनीको एक करोड ६६ लाख पाँच हजार दुई सय ३४ कित्ता सेयर ९४ हजार पाँच सय २६ पटक खरिद बिक्री हुँदा रू पाँच अर्ब ४५ करोड चार लाख २१ हजार आठ सय छ बराबरको कारोबार भएको छ । आज होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०१ र व्यापार समूह शून्य दशमलव ९४ अङ्कले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै जनविद्युत समूह चार दशमलव ५८ र अन्य समूह दुई दशमलव ७७ प्रतिशतले बढेको छ । जलविद्युत समूहका पाँच कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । हिमालयन पावर पार्टनर लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, मध्यभोकोशी जनविद्युत कम्पनी लिमिटेड र माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडको शेयर मूल्य दश प्रतिशतले बढेको हो ।

सबैभन्दा धेरै गुमाउनेमा भने मेगा म्युचुअल फण्ड–१ को शेयर मूल्य नौ दशमलव ५३ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याको आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर शेयर रू ३५ करोड ६८ लाख ३८ हजार सात सय २० बराबरको १२ लाख ७४ हजार चार सय २४ कित्ता किनबेच भएको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ३ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो