२ कार्तिक २०८३, सोमबार । October 19, 2026

नेप्से परिसूचक ३१ दशमलव ६२ अङ्कले बढ्यो


२९ पुस २०८०, आइतबार  

9
Shares

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ को विन्दुमा कायम भएको छ ।

आज तीन सय १४ कम्पनीको एक करोड ६६ लाख पाँच हजार दुई सय ३४ कित्ता सेयर ९४ हजार पाँच सय २६ पटक खरिद बिक्री हुँदा रू पाँच अर्ब ४५ करोड चार लाख २१ हजार आठ सय छ बराबरको कारोबार भएको छ । आज होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०१ र व्यापार समूह शून्य दशमलव ९४ अङ्कले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै जनविद्युत समूह चार दशमलव ५८ र अन्य समूह दुई दशमलव ७७ प्रतिशतले बढेको छ । जलविद्युत समूहका पाँच कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । हिमालयन पावर पार्टनर लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, मध्यभोकोशी जनविद्युत कम्पनी लिमिटेड र माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडको शेयर मूल्य दश प्रतिशतले बढेको हो ।

सबैभन्दा धेरै गुमाउनेमा भने मेगा म्युचुअल फण्ड–१ को शेयर मूल्य नौ दशमलव ५३ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याको आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर शेयर रू ३५ करोड ६८ लाख ३८ हजार सात सय २० बराबरको १२ लाख ७४ हजार चार सय २४ कित्ता किनबेच भएको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ३ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि