२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

यू–१९ विश्वकप क्रिकेट

दोस्रो अभ्यास खेलमा नेपाल ६ रनले विजयी


२७ पुस २०८०, शुक्रबार  

6
Shares

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोलीले दोस्रो अभ्यास खेलमा बिहीबार राति नामिबियामाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ ।

वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबया २९।५ ओभरमा १३५ रनमै अलआउट भयो । नामिबियाका कप्तान ए बसिङ वोल्स्चेंकले सर्वाधिक ५० रन बनाए पनि जिताउन सकेनन् । नेपालका गुलशन झा र आकाश चन्दले ३–३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको नेपालले ३० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । नेपालका लागि दिपक डुम्रे ३२ तथा आकाश त्रिपाठीले २१ रन बनाए । नामिबियाका जेन्स रेन्सबर्ग र बडेन्हओरस्टले समान २ विकेट लिए । यू१९ विश्वकपअघि नेपाल क्रिकेट संघ क्यानले व्यवस्था गरेको दुई अभ्यास खेलमा नेपालले दुवै खेल जित्यो ।

यसअघि नेपालले स्कटल्याण्डलाई हराएको थियो । अब आईसीसीको तालिकामा रहेको दुई वार्म अफ म्याच खेल्नेछ । नेपालले पहिलो वार्मअफ खेल १३ जनवरीमा स्कटल्यान्ड र दोस्रो वार्म अफ १६ जनवरीमा वेस्टइन्डिजसँग खेल्नेछ ।

जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने यू१९ विश्वकपमा नेपाल, न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानसँगै समूह डी मा छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ