१ आश्विन २०८३, बिहिबार । September 18, 2026

आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण


२५ पुस २०८०, बुधबार  

6
Shares

काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०२४र२५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै गत वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरेको हो । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत रहने बैंकले जनाएको छ । औद्योगिक र सेवा क्षेत्रमा सुधार हुँदा आगामी वर्ष आर्थिक वृद्धिदर अहिलेको भन्दा केही बढ्न सक्ने प्रक्षेपण गरिएकोे हो ।

लचिलो मौद्रिक नीति र आयातमा लगाइएको प्रतिबन्ध फुकुवाका कारण पनि अहिलेको भन्दा सहज आर्थिक अवस्था हुने आकलन गरिएको हो । अहिले विश्व अर्थतन्त्रमा देखिएको शिथिलता सन् २०२४ मा पनि कायम रहने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । विशाल अर्थतन्त्र भएका मुलुकका केन्द्रीय बैंकले अवलम्बन गरेको कडा खालका मौद्रिक नीति, सहज अवस्थामा फर्किन नसकेको विश्व व्यापार र लगानीको अवस्थाका कारण आर्थिक वृद्धिदर न्यून देखिने प्रक्षेपण गरिएको हो ।

मुद्रास्फीति र महँगो ब्याजदरका कारण पनि यसवर्ष उपभोक्ता तथा मौद्रिक बजारलाई असर गर्ने ठानिएको छ । विश्वको अर्थतन्त्र सन् २०२४ मा दुई दशमलव चार प्रशितमा खुम्चिने अनुमान गरिएको छ । सन् २०२१ मा विश्व अर्थतन्त्र छ दशमलव दुई प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर तीन प्रतिशत पुगेको थियो ।

सन् २०२३ मा दुई दशमलव चार प्रतिशतको विश्व आर्थिक वृद्धिदर अनुमान गरिएकामा आगामी वर्ष दुई दशमलव चार प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ७ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ