८ कार्तिक २०८३, आइतबार । October 25, 2026

बुटवल उद्योग वाणिज्य संघमा हरिप्रसाद अर्यालको प्यानल विजयी


२३ आश्विन २०८०, मंगलबार  

3
Shares

रुपन्देही । बुटवल उद्योग वाणिज्य संघको निर्वाचनबाट हरिप्रसाद अर्यालको प्यानल विजयी भएको छ ।

संघको २५ औं अधिवेशनअन्तर्गत भएको निर्वाचनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । अर्यालले ७७६ मत प्राप्त गर्दा श्रेष्ठले ६८९ मत प्राप्त गरे । अर्याल र श्रेष्ठ दुवै कांग्रेस निकट व्यवसायी हुन् ।

नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा संघमा आवद्ध १ हजार ७७८ मतदातामध्ये १ हजार ५०६ मत खसेको थियो। २०७१ सालमा महासचिव बनेका अर्याल २०७४ सालमा वाणिज्य उपाध्यक्ष निर्वाचित भएका थिए। त्यस्तै, उद्योग उपाध्यक्षमा ७७८ मत ल्याएर सुरज भट्टराई विजयी भएका छन् ।

भट्टराई नेकपा एमाले निकट हुन् । उनका प्रतिस्पर्धी नवीनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गरे । महासचिवमा मुक्ति अधिकारी, कोषाध्यक्षमा वसन्त ढकाल, सहकोषाध्यक्षमा धनाकुमारी खनाल विजयी भएकी छन्। निर्वाचित सबै अर्याल प्यानलका हुन् ।

सचिवमा अर्याल प्यानलका भेषराज गैरेलाई पराजित गर्दै श्रेष्ठ प्यानलका प्रतिक पोखरेल ७२३ मत ल्याएर विजयी भए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १० : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि