१२ पुस २०८२, शनिबार । December 27, 2025

नेप्से परिसूचक २१ दशमलव ९९ अङ्कले घट्यो



काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१ दशमलव ९९ अङ्कको गिरावट देखिएको छ ।

आजको कारोबारपछि नेप्से परिसूचक दुई हजार ११ दशमलव १४ बिन्दुमा कायम भएको हो । विभिन्न कम्पनीका दुई सय ६९ कम्पनीको ४४ लाख ५९ हजार चार सय ५९ कित्ता शेयर ४३ हजार तीन सय ४६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ४४ करोड ७४ लाख आठ हजार नौ सय ४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय ७२ दशमलव ७३ र जीवन बीमा समूहको उपसूचक एक सय ३४ दशमलव ९० अंकले घटेको छ । बैंकिङ समूह तीन दशमलव ६०, विकास बैंक ३५ दशमलव ६०, वित्त ११ दशमलव ०६, होटल तथा पर्यटन एक सय छ दशमलव २६ र जलविद्युत् ५० दशमलव ११ अङ्कले घटेको छ ।

त्यसैगरी लगानी समूह शून्य दशमलव ६९, उत्पादन तथा प्रशोधन ८८ दशमलव ५४, लघुवित्त ३२ दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव ०४, व्यापार ३६ दशमलव ६० र अन्य समूह २३ दशमलव ५७ अङ्कले घटेको छ । आजको कारोबारमा २९ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ९० कम्पनीको शेयर मूल्य घटेको छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव ५७ अङ्कले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा एग्रिकल्चरल बैंक डिभेन्चर(२०८३ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू छ करोड ६३ लाख एक हजार ७० बराबरको शेयर किनबेच भएको छ ।

कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको एक लाख ४९ हजार दुइ सय ४० कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ४ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist