३० बैशाख २०८२, मंगलबार । May 13, 2025

स्कुल अफ व्युटीसियन आइटिसीको २०औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न



काठमाडौं । स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरको २०औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न भएको छ ।

बरिष्ठ सौन्दर्यबिद रुस्का श्रेष्ठ बैधले ‘स्कुल अफ व्युटीसियन’को स्थापनाको २० औं बार्षिकोत्सव एक भब्य समारोह बीच मनाएकी हुन्। उनको ट्रेनीङ सेन्टर, ब्युटिपार्लर काठमाडौंको नक्साल र काभ्रेको बनेपामा रहेको छ । प्रमुख अतिथि प्रतिनिधि सभाको उपसभामुख माननीयइन्दिरा राना मगर को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिसेष अतिथिमा बरिष्ठ ब्युटिसियनहरु राज्यश्री श्रेष्ठ, कमला श्रेष्ठ अभिनेता प्रशान्त ताम्राकार, पूर्व मिस नेपाल उषा खड्की, माल्भिका सुब्बा, श्रीषा श्रेष्ठ, नायक सलिनमान बानियाँ, अञ्जिल मास्के, इभाना मानन्धर, बरिष्ठ ब्युटिसियन सिता न्यौपाने, लक्ष्मी महत, राजभाई सुवाल लगायत रहेका थिए। ‘स्कुल अफ व्युटीसियन’ आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टर बाट व्युटिसियन प्रशिक्षण लिएका व्युटिसियन विधार्थीहरुलाई उक्त कार्यक्रममा सम्बन्धित कोर्ष उतिर्ण गरेको प्रमाणपत्र प्रदान गरिएको थियो ।

बार्षिकोत्सव समारोहमा बोल्दै रुस्का श्रेष्ठ बैद्यले २० बर्ष अगाडि स्थापना गरेको यो स्कुल अफ ब्युटिसियनले प्रशिक्षण र ब्यूटी सेवा दुबै क्षेत्रमा योगदान दिँदै आएको बताईन् । हजारौ नारीहरुलाई सौन्दर्य सिप सिकाएर रोजगार सहित आत्मानिर्भर बनाउँदा पाउँदा खुसी लागेको भनाई उनले सो कार्यक्रममा राखिन् । २० बर्षको अबधिमा आफुले काठमाडौं र बनेपामा गरि करिब ११ हजार भन्दा बढी व्युटिसियनहरुलाई प्रशिक्षण दिएर यो पेशामा ल्याएको पनि बताईन् ।

बार्षिकोत्सव समारोह लेक्मी फेसन सो को समेत आयोजना गरिएको थियो भने, कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक लि र स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरले ब्यबसायिक साझेदारीमा हस्ताक्षर समेत गरिएको थियो। विभिन्न सांस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रमको साथमा केक काटेर मनाईएको सो कार्यक्रममा उधमी महिला, व्युटिसियन सहित समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरु तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १२ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रोशी खोलाको बाढीले अवरुद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा

काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि १५ घण्टा अवरुद्ध

साफ यू-१९ः सेमिफाइनल पुगिसकेको नेपाल र भारत भिड्दै

काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपालले

आजको सुनचाँदी बजारः सुन सस्तियो, महँगो भयो चाँदी

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पुनः घटेको छ

विश्वकप यात्राः हङकङसँगको निर्णायक भिडन्तमा नेपाल आज मैदान उत्रँदै

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले आज

राष्ट्रिय शैक्षिक परामर्श सङ्घ लुम्बिनी प्रदेशद्वारा टेबल क्यालेन्डर विमोचन

बुटवल । राष्ट्रिय शैक्षिक परामर्श सङ्घ, लुम्बिनी प्रदेशद्वारा आयोजित टेबल