९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

स्कुल अफ व्युटीसियन आइटिसीको २०औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न


२२ श्रावण २०८०, सोमबार  

9
Shares

काठमाडौं । स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरको २०औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न भएको छ ।

बरिष्ठ सौन्दर्यबिद रुस्का श्रेष्ठ बैधले ‘स्कुल अफ व्युटीसियन’को स्थापनाको २० औं बार्षिकोत्सव एक भब्य समारोह बीच मनाएकी हुन्। उनको ट्रेनीङ सेन्टर, ब्युटिपार्लर काठमाडौंको नक्साल र काभ्रेको बनेपामा रहेको छ । प्रमुख अतिथि प्रतिनिधि सभाको उपसभामुख माननीयइन्दिरा राना मगर को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिसेष अतिथिमा बरिष्ठ ब्युटिसियनहरु राज्यश्री श्रेष्ठ, कमला श्रेष्ठ अभिनेता प्रशान्त ताम्राकार, पूर्व मिस नेपाल उषा खड्की, माल्भिका सुब्बा, श्रीषा श्रेष्ठ, नायक सलिनमान बानियाँ, अञ्जिल मास्के, इभाना मानन्धर, बरिष्ठ ब्युटिसियन सिता न्यौपाने, लक्ष्मी महत, राजभाई सुवाल लगायत रहेका थिए। ‘स्कुल अफ व्युटीसियन’ आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टर बाट व्युटिसियन प्रशिक्षण लिएका व्युटिसियन विधार्थीहरुलाई उक्त कार्यक्रममा सम्बन्धित कोर्ष उतिर्ण गरेको प्रमाणपत्र प्रदान गरिएको थियो ।

बार्षिकोत्सव समारोहमा बोल्दै रुस्का श्रेष्ठ बैद्यले २० बर्ष अगाडि स्थापना गरेको यो स्कुल अफ ब्युटिसियनले प्रशिक्षण र ब्यूटी सेवा दुबै क्षेत्रमा योगदान दिँदै आएको बताईन् । हजारौ नारीहरुलाई सौन्दर्य सिप सिकाएर रोजगार सहित आत्मानिर्भर बनाउँदा पाउँदा खुसी लागेको भनाई उनले सो कार्यक्रममा राखिन् । २० बर्षको अबधिमा आफुले काठमाडौं र बनेपामा गरि करिब ११ हजार भन्दा बढी व्युटिसियनहरुलाई प्रशिक्षण दिएर यो पेशामा ल्याएको पनि बताईन् ।

बार्षिकोत्सव समारोह लेक्मी फेसन सो को समेत आयोजना गरिएको थियो भने, कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक लि र स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरले ब्यबसायिक साझेदारीमा हस्ताक्षर समेत गरिएको थियो। विभिन्न सांस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रमको साथमा केक काटेर मनाईएको सो कार्यक्रममा उधमी महिला, व्युटिसियन सहित समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरु तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १२ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको