२८ मंसिर २०८२, शनिबार । December 13, 2025

विवादमा रास्वपाको ब्लु बस, अनुमति नलिई रङ बदलेको खुलासा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महिलाका लागि सञ्चालन गरेको ब्लु बसको रङ अनुमति नलिई मनमौजी परिवर्तन गरेको पाइएको छ ।

नियमानुसार कुनै सवारी साधनको साविकबमोजिमको रङ परिवर्तन गर्नु परेमा यातायात कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा कुनै सवारीको किसिम, इन्जिन, च्यासिस, रंग सिट, बडी निर्माण वा अन्य विवरण हेरफेर गर्न विभागबाट स्वीकृति लिनुपर्ने उल्लेख छ । तर गत साताबाट सञ्चालन ल्याएको ना५ख ३१३८ नम्बरको बसको रङ रास्वपाले यातायात कार्यालयको अनुमतिबेगर परिर्वतन गरेको छ ।

यातायात कार्यालय, भरतपुरले रास्वपाले सञ्चालनमा ल्याएको ब्लु बसको रङ परिवर्तन गर्नेबारे आफ्नो कार्यालयबाट कुनै अनुमति नलिएको जनाएको छ । रास्वपाले मासिक १ लाख ३५ हजार भाडा तिर्ने गरी गत साताबाट भीमबहादुर तामाङको नाममा रहेको बस महिलाका लागि मात्र सञ्चालनमा ल्याएको छ । ३२ सिट रहेको उक्त बसले शक्तिखोरदेखि भरतपुरसम्म दिनहुँ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ९ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले