४ असार २०८३, बिहिबार । June 18, 2026

१४ अर्ब हाराहारीले बढ्यो नोट कारोबार


५ श्रावण २०८०, शुक्रबार  

9
Shares

काठमाडौं । एक वर्षमा चलनचल्तीमा १३ अर्ब ७६ करोड २ लाख रुपैयाँ बराबरका नोट (मुद्रा) बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार गत आर्थिक बर्षको तथ्यांक सार्वजनिक गर्दै २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा चलनचल्तिको नोट सामान्य बढेको जनाएको हो । २०८० असार मसान्तसम्म कुल ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँको नोट चलनचल्तीमा छ । २०७९ असार मसान्तमा ६ खर्ब १२ अर्ब चलनचल्तीमा छ ।

राष्ट्र बैंक, उसले इजाजतपत्र बाँडेका बैंक तथा वित्तीय संस्थासँग भएका नोटलाई चलनचल्तीमा भएको मुद्राका रुपमा गणना गरिँदैन । त्यसबाहेक आम सर्वसाधारण, सहकारी, संगठित संस्थालगयात अन्य निकायसँग भएको मुद्रालाई मात्र चलनचल्तीको मुद्राका रुपमा गणना गरिन्छ । पछिल्लो समय विद्युतीय भुक्तानी बढेका कारण पनि नगद कारोबार कम हुन थालेको छ । गत दसैं (असोज)मा भने अहिलेसम्मकै उच्च दरमा चलनचल्तीमा नोट पुगेको थियो ।

पोहोर दसैं असोजमा थियो । त्यसबेला ६ खर्ब ४९ अर्ब ४२ करोड रुपैयाँ बराबरका नोट चलन चल्तीमा पुगेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ३ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा