२ कार्तिक २०८३, सोमबार । October 19, 2026

१४ अर्ब हाराहारीले बढ्यो नोट कारोबार


५ श्रावण २०८०, शुक्रबार  

9
Shares

काठमाडौं । एक वर्षमा चलनचल्तीमा १३ अर्ब ७६ करोड २ लाख रुपैयाँ बराबरका नोट (मुद्रा) बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार गत आर्थिक बर्षको तथ्यांक सार्वजनिक गर्दै २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा चलनचल्तिको नोट सामान्य बढेको जनाएको हो । २०८० असार मसान्तसम्म कुल ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँको नोट चलनचल्तीमा छ । २०७९ असार मसान्तमा ६ खर्ब १२ अर्ब चलनचल्तीमा छ ।

राष्ट्र बैंक, उसले इजाजतपत्र बाँडेका बैंक तथा वित्तीय संस्थासँग भएका नोटलाई चलनचल्तीमा भएको मुद्राका रुपमा गणना गरिँदैन । त्यसबाहेक आम सर्वसाधारण, सहकारी, संगठित संस्थालगयात अन्य निकायसँग भएको मुद्रालाई मात्र चलनचल्तीको मुद्राका रुपमा गणना गरिन्छ । पछिल्लो समय विद्युतीय भुक्तानी बढेका कारण पनि नगद कारोबार कम हुन थालेको छ । गत दसैं (असोज)मा भने अहिलेसम्मकै उच्च दरमा चलनचल्तीमा नोट पुगेको थियो ।

पोहोर दसैं असोजमा थियो । त्यसबेला ६ खर्ब ४९ अर्ब ४२ करोड रुपैयाँ बराबरका नोट चलन चल्तीमा पुगेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ३ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि