१ आश्विन २०८३, बिहिबार । September 17, 2026

कपिलवस्तुमा सर्पको डसाइबाट दाजुभाइको मृत्यु


२६ असार २०८०, मंगलबार  

6
Shares

कपिलवस्तु । कपिलवस्तुमा सर्पको डसाइबाट दाजुभाइको मृत्यु भएको छ ।

सोमबार राति बुद्धभूमि नगरपालिका–१ कपासीमा दाजुभाइको सर्पले डसेर मृत्यु भएको हो । मृत्यु हुनेमा वर्ष वर्षीय दीपक भुसाल र नौ वर्षीय प्रदीप भुसाल रहेका छन् । दुवै पारिजात बोर्डिङ स्कूल गोरुसिङेमा अध्ययन गर्दै आएका थिए । राति मृतक दाजुभाइ हजुरआमासँगै भुइँमा बिस्तारा लगाएर सुतेका थिए ।

बिहान अचेत अवस्थामा देखिएपछि उपचारका लागि स्थानीय मेडिकलमा पुर्‍याइएको थियो । उपचार सम्भव नभएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पर्‍याइएको थियो । सर्पले टोकेको भन्ने थाहा नहुँदा घर नजिकै रहेको सर्पदंश उपचार केन्द्रमा नलगी बुटवल लगेको स्थानीय पशुपति शर्माले बताए ।

अस्पतालको रिपोर्टमा सर्पदंशका कारण मृत्यु भएको टिपोट भएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए । पछिल्लो समय सर्पले टोकेको भन्ने थाहा नहुँदा मानिसको मृत्यु भइरहेकाले यसमा सबै सचेत हुनुपर्ने भण्डारीले बताए ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १० : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ