२१ मंसिर २०८२, शनिबार । December 6, 2025

आइसीसी विश्वकप छनोट

सातौँ स्थानका लागि भएको खेलमा आयरल्याण्डसँग नेपाल पराजित



एजेन्सी । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि मंगलबार भएको खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ ।

नेपालले दिएको २ सय ६९ रनको लक्ष्य आयरल्यान्डले ४९ दशमलब २ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो । आयरल्यान्डका लागि कुर्टिस क्यामफेर र ह्यारी टेक्टरले अर्धशतकीय ईनिङ खेले । क्यामफेरले ५९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ६२ रन बनाए । टेक्टरले ७६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ६० रन बनाए । जर्ज डकरेलले ४७ बलमा ३३ तथा लुर्केन टुकेरले २२ बलमा २४ रन बनाए ।

नेपालका लागि करण केसीले ४ तथा किशोर महतोले २ विकेट लिए । गुलसन झा र सन्दीप लामिछानेले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो । नेपालका लागि गुलसन झाले ४२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर अर्जुन साउदले ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४८ रन बनाए ।

कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए । आठौं विकेटका सन्दीप लामिछाने र गुलशन झाले ८० रनको कीर्तिमानी साझेदारी गरे । ओडिआईमा नेपालका लागि आठौं नम्बरको लागि भएको यो सबैभन्दा ठूलो साझेदारी हो । यसअघि आठौं विकेटका लागि दीपेन्द्र ऐरी र सन्दीपले आइतबार युएईविरुद्ध ७९ रनको साझेदारी गरेका थिए । सन्दीपले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए ।

कप्तान रोहित पौडेलले ३५ बलमा २९ तथा भीम सार्कीले २० रन बनाए । आयरल्यान्डका लागि मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योंगले समान २–२ तथा एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १–१ विकेट लिए । जितसँगै आयरल्यान्डले विश्वकप छनोट खेलको सातौं स्थान हासिल गरेको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको