८ बैशाख २०८३, मंगलबार । April 21, 2026

आइसीसी विश्वकप छनोट

सातौँ स्थानका लागि भएको खेलमा आयरल्याण्डसँग नेपाल पराजित


१९ असार २०८०, मंगलबार  

6
Shares

एजेन्सी । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि मंगलबार भएको खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ ।

नेपालले दिएको २ सय ६९ रनको लक्ष्य आयरल्यान्डले ४९ दशमलब २ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो । आयरल्यान्डका लागि कुर्टिस क्यामफेर र ह्यारी टेक्टरले अर्धशतकीय ईनिङ खेले । क्यामफेरले ५९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ६२ रन बनाए । टेक्टरले ७६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ६० रन बनाए । जर्ज डकरेलले ४७ बलमा ३३ तथा लुर्केन टुकेरले २२ बलमा २४ रन बनाए ।

नेपालका लागि करण केसीले ४ तथा किशोर महतोले २ विकेट लिए । गुलसन झा र सन्दीप लामिछानेले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो । नेपालका लागि गुलसन झाले ४२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर अर्जुन साउदले ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४८ रन बनाए ।

कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए । आठौं विकेटका सन्दीप लामिछाने र गुलशन झाले ८० रनको कीर्तिमानी साझेदारी गरे । ओडिआईमा नेपालका लागि आठौं नम्बरको लागि भएको यो सबैभन्दा ठूलो साझेदारी हो । यसअघि आठौं विकेटका लागि दीपेन्द्र ऐरी र सन्दीपले आइतबार युएईविरुद्ध ७९ रनको साझेदारी गरेका थिए । सन्दीपले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए ।

कप्तान रोहित पौडेलले ३५ बलमा २९ तथा भीम सार्कीले २० रन बनाए । आयरल्यान्डका लागि मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योंगले समान २–२ तथा एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १–१ विकेट लिए । जितसँगै आयरल्यान्डले विश्वकप छनोट खेलको सातौं स्थान हासिल गरेको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित