२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

रत्ननगरमा ५० शय्याको आयुर्वेद अस्पताल बनाइँदै



चितवन । चितवनको रत्ननगर नगरपालिकामा ५० शय्याको आयुर्वेद अस्पताल निर्माणले तीव्रता लिएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बकुलहर परिसरमा निर्माणाधीन आयुर्वेद अस्पतालको काम २० प्रतिशत पूरा भएको जनाइएको छ । केन्द्रका प्रमुख डा कोपिला अधिकारीले चालु आर्थिक वर्ष २०७९/८० मा आयुर्वेद अस्पताल निर्माणका लागि रु चार करोड बजेट विनियोजन भएर काम भइरहेको जानकारी दिए । बागमती प्रदेश सरकारले आगामी आव २०८०/८१ मा उक्त भवनका लागि पुनः रु तीन करोड ५० लाख बजेट विनियोजन गरिसकेको उनले बताए ।

बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको आयुर्वेद अस्पताल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । उनका अनुसार आयुर्वेद अस्पतालको भवन निर्माण सम्पन्न गर्नका लागि करिब रु १३ करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा रहेको जग्गामा आयुर्वेद अस्पतालको भवन बन्न लागेको हो ।

नयाँ भवनमा अस्पतालको शय्याका अतिरिक्त थेरापी शय्या, योगहल, ल्याब, एक्सरे, भिडियो एक्स–रे कक्ष रहने उनले बताए । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र मातहतमा गत आव २०७८/७९ मा ५६ हजार बिरामीले सेवा लिएका थिए । चालु आवमा यो सङ्ख्या अझै बढ्ने अस्पतालको आकलन छ ।

केन्द्रअन्तर्गत रत्ननगरको बकुलहरमा स्वास्थ्य केन्द्र, कालिका–७, खैरहनी–१२ र इच्छाकामना–३ मा तीनवटा नागरिक आरोग्य सेवा केन्द्र रहेका छन् । यस्तै भरतपुर–१५ शिवनगरमा जीवनशैली व्यवस्थापन कार्यक्रम सञ्चालनमा रहेको छ । स्थानीय सरकारमातहत भरतपुरको देवघाट, शिवघाट, कविलास, गुञ्जनगर, पटिहानी, मेघौलीमा आयुर्वेदिक औषधालय रहेका छन् । यस्तै माडी–१, राप्ती–१ मा पनि आयुर्वेदिक औषधालय छन् ।

आयुर्वेद स्वास्थ्य केन्द्रमा मुख्य गरी थेरापीका बिरामीको चाप बढी हुने गरेको डा अधिकारीले जानकारी दिए । बाथव्यादीका बिरामी, नसा च्यापिएको, हड्डी खिइएका बिरामीलाई औषधोपचार र बाफले सेक्ने स्नेहन स्वदेन, ढाड दुख्नेका लागि कट्टीबस्ती, घुँडाको दुखाइका लागि जानुबस्ती, घाँटीका लागि गृभाबस्ती, दुखाइ, सुनिएको पत्रपिण्ड स्वेदन, अनिन्द्रा, एन्जाइटी, तनाव व्यवस्थापनका लागि शिरोधारा, नसारोगका लागि मात्राबस्ती गरिँदै आएको उनको भनाइ छ ।

केन्द्रमा बिरामी परीक्षण एवं अत्यावश्यक सेवा, आयुर्वेद औषधि निःशुल्क वितरण, प्रयोगशालामा रगत, दिसापिसाब परीक्षण, भिडियो एक्स–रे, सशुल्क फार्मेसी सेवा, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, क्षारसूत्र सेवा, पञ्चकर्म, पूर्वकर्म सेवालगायतका सेवा पनि उपलब्ध रहेको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ७ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको