२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

सोमबार नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले ओरालो लागेर दुई हजार ७५ दशमलव ९७ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव १७ अङ्कले ओरालो लागेर तीन सय ८६ दशमलव ३५ मा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा बृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । कूल ९४ लाख १८ हजार नौ सय ५२ कित्ता शेयर रू चार अर्ब पाँच करोड १० लाख ७८ हजार तीन सय ७५ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रू २३ करोड ९४ लाख ४५ हजार सात सय ८५ बराबरको कारोबार भएको छ ।

यस्तै, सोल्टी होटल रू २० कोड ९४ लाख ३९ हजार दुई सय ८५, नागरिक लगानी कोष रू २० करोड ३३ लाख २५ हजार पाँच सय ५४, शिवम् सिमेन्ट रू १८ करोड १८ लाख दुई हजार, एनएलजी इन्स्योरेन्स कम्पनी रू १४ करोड नौ लाख ९० हजार एक सय २२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार, सिवाइसीएल नेपाल लघुवित्त र बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

सिटी होटल नौ दशमलव ९८, चन्द्रागिरी हिल्स तीन दशमलव ६८ र एनएलजी इन्स्योरेन्सका लगानकिर्ताले दुई दशमलव ८१ प्रतिशतले कमाएका छन् । त्यस्तै, लक्ष्मी इक्विटी फण्ड आठ दशमलव ९५, सामुदायिक लघुवित्त सात दशमलव १३, पाँचथर पावर कम्पनी छ दशमलव शुन्य एक, सयपत्री हाइड्रोपावर पाँच दशमलव ४१ र एनआइसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले चार दशमलव ८४ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ७ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ

आजको विनिमयदरः अमेरिकी डलर र पाउण्डको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (बुधबारका) लागि अमेरिकी

आजको मौसमः पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक