२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

सुन तस्करीमा संलग्नताको आशंकामा बुटवलका दुई वटा सुनचाँदी पसल शिल


१८ असार २०८०, सोमबार  

6
Shares

बुटवल । सुन तस्करीमा संलग्नताको आशंकामा बुटवलका दुई वटा सुनचाँदी पसल शिल गरिएको छ ।

भारततर्फ लैजाँदै गर्दा झण्डै दुई किलो सुन बरामद भएको प्रकरणमा तस्करीमा संलग्नताको आशंकामा बुटवल अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसल शिल गरिएको हो । बालाजी सुनचाँदी पसलका सञ्चालक इन्द्र सुनार हुन् । लक्ष्मीपती सुनचाँदी पसलकी सञ्चालक इन्द्र सुनारकी श्रीमती हुन् ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालीदह नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटा जस्तै रङ र आकारको झण्डै साढे २ किलोको शंकास्पद वस्तु बरामद गरेको थियो । अनुसन्धान गर्दा इँटा जस्तो उक्त वस्तु १ केजी ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएको थियो । सुन बरामद गर्दा पक्राउ परेका व्यक्ति दाङ घोराही उपमहानगरपालिका-१० का हुमानन्द गिरीको बयानका आधारमा तस्करीमा बालाजी र लक्ष्मीपती बालाजी सुनचाँदी पसलको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

दुवै पसललाई आइतबार शिल गरी अनुसन्धान शुरु गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम अर्यालले बताए । सुनसहित पक्राउ परेका गिरीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको र त्यही अनुसन्धानबाट सुनचाँदी पसलको पनि संलग्नता देखिएकाले पसल शिल गरेको उनले बताए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १० : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ