४ पुस २०८२, शुक्रबार । December 19, 2025

श्री एयरलाइन्सका ३ जहाजले पाए उडान अनुमति



काठमाडौं । फ्लाइट सेफ्टी स्ट्यान्डर्डस् विभागले श्री एयरलाइन्सका ३ वटा जहाजलाई नियमत उडानका लागि अनुमति दिएको छ।

नागरिक उड्डययन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, विभागले गरेको प्राविधिक निरीक्षणपछि सोमबार बिहान श्रीका दुइटा बमबार्डियर ड्यास क्यू–४०० र एउटा बमबार्डियर सीआरजे गरी तीन वटा जहाज उडानयोग्य रहेको जनाउँदै विभागले उडान गर्न अनुमति दिएको हो। श्रीसँग आन्तरिक उडानका लागि ८ वटा विमान छन्। तीमध्ये पछिल्लो समय चार वटा जहाज उडानमा थिए। शनिबार धनगढीमा हाइड्रोलिकको समस्या देखापरेको र शनिबारै पोखरामा इन्जिन आयल लिक भएको गरी दुइटा जहाजको मर्मत गर्नुपर्ने भएकाले तिनलाई ग्राउडेड गरिएको छ।

विभागका अनुसार, अहिले उडानयोग्य भएका जहाजमा सीआरजे अल्फा माइक चार्ली तथा बमबार्डियर ड्यास क्यू–४०० तर्फ अल्फा नोभेम्बर इको र अल्फा नोभेम्बर सेरामात्रै हुन् । श्रीले सोमबार काठमाडौंबाट, पोखरा, नेपालगन्ज,भद्रपुर, भैरहवा, विराटनगर, ३१ वटा उडान तालिकामा राखेको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले