२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

छुट्टाछुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता



काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अब जिल्लाको स्थायी ठेगाना भएका सेवाग्राहीको मात्रै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

यसअघि बाहिरी जिल्लाका नागरिकको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विवरण दर्ता गर्ने स्थान तोकिएकामा अब काठमाडौँ बाहिर स्थायी ठेगाना भएका सेवाग्राहीको हकमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि अलग स्थान तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट तोकिएअनुसार नै तत्तत् स्थानमा गएर विवरण भर्न पनि काठमाडौँ प्रशासनले अनुरोध गरेको छ । विभागले काठमाडौँ बाहिरका नागरिकको हकमा दुई फरक–फरक स्थानमा तोकेको उनले बताए ।

नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा मधेस प्रदेशका धनुषा र पर्साका सेवाग्राहीले विवरण दर्ता गर्नुपर्नेछ । यस्तै राष्ट्रिय सभागृहमा काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका बागमती प्रदेशका सबै जिल्लाका नागरिकले विवरण भर्न सकिने सहायक प्रजिअ आचार्यले बताए । यसअघि ती क्षेत्रका नागरिकले काठमाडौँ प्रशासनबाटै विवरण दर्ता गर्दै आएका थिए ।

परिचयपत्रका लागि नागरिकताको सक्कल प्रमाणपत्र, बसाइँसराइको प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्र वा नाता खुल्ने प्रमाणपत्रको सक्कल आवश्यक पर्छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ९ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय